Advertisement
Advertisement
Advertisement
Advertisement

रासस को ५८ औँ वार्षिकोत्सव पुरस्कार प्रदान

  |      15:20:00   |  
वेब तस्विर
वेब तस्विर

फागुन ७, काठमाडौं । राष्ट्रिय समाचार समिति रासस ले ५८ औँ वार्षिकोत्सवका अवसरमा आज उत्कृष्ट ठहरिएका समाचारदातालाई समाचार, आलेख, फोटो र श्रव्य सामग्री विधामा सम्मान तथा पुरस्कार प्रदान गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राससका पूर्वअध्यक्ष तथा महाप्रबन्धक राधेश्याम विष्ट र पूर्वमहाप्रबन्धक तथा पत्रकार गोकुलप्रसाद पोखरेललाई विशेष सम्मान गर्नुभयो । 

 

 

नेपाल पत्रकार महासङ्घ, रासस शाखाद्वारा स्थापित ‘रासस पत्रकारिता पुरस्कार’ वरिष्ठ समाचारदाता विष्णुप्रसाद नेपाल र उप–समाचारदाता नीरजकुमार गौतमलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही १० हजार रहेको छ ।त्यसैगरी रासस कर्मचारी सङ्घको तर्फबाट प्रदान गरिने ‘वासु रिमाल यात्री पुरस्कार’ अन्तर्राष्ट्रिय समाचार शाखा प्रमुख सोमनाथ लामिछाने केन्द्रीय कार्यालय र वरिष्ठ सवारी चालक केशव खत्री केन्द्रीय कार्यालय लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु पाँच हजार रहेको छ । 

 

 

त्यसैगरी नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, रासस शाखाद्वारा स्थापित ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ प्रमुख समाचारदाता तीर्थ भट्टराई ९केन्द्रीय कार्यालय० र उप–व्यवस्थापक रामलाल श्रेष्ठ केन्द्रीय कार्यालय लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु पाँच हजार ५०० रहेको छ । इमानदारीपूर्वक कार्य गरेबापत कार्यालय सहयोगी ज्ञानु तिमिल्सिनालाई सम्मान गरिएको छ । यो वर्षको‘उमाकान्त–गीतादेवी–चन्द्रमणि स्मृति पत्रकारिता पुरस्कार’ उदयपुर जिल्लाका स्थानीय समाचारदाता(स्ट्रिङ्गर) हरिकुमार राईलाई प्रदान गरिएको छ । 

 

 

उत्कृष्ट जिल्ला समाचारदाताकातर्फ प्रदेश नं ३ का कृष्णराम परियार ९मकवानपुर र काठमाडौं उपत्यकाकी मीना घोरसाइने काठमाडौं लाई पुरस्कार प्रदान गरिएको छ । उत्कृष्ट आलेखतर्फ प्रदेश नं ३ का आदित्य दाहाल , काठमाडौं,   काठमाडौं उपत्यकाका समाचारदाता रमेश लम्साल र सिवी अधिकारी काठमाडौं  र अङ्ग्रेजी समाचार शाखाकी उपसम्पादक पवित्रा गुरागाईं  पुरस्कृत हुनुभएको छ । 

 

 

त्यसैगरी उत्कृष्ट फोटोतर्फ प्रदेश नं ३ का फोटोपत्रकार नवीन पौडेल ,उत्कृष्ट श्रव्यतर्फमा काठमाडौं  केन्द्रीय कार्यालय ९प्रदेश नं ३० का वरिष्ठ समाचारदाता नारायणप्रसाद न्यौपाने काठमाडौं  ले पुरस्कार प्राप्त गर्नुभएको छ । 

 

 

राससमा २० वर्ष अविछिन्न रुपमा स्थायी सेवा पूरा गर्नु हुने लेखा शाखा प्रमुख रुद्रमणि अधिकारीकेन्द्रीय कार्यालय, प्राविधिक शाखा प्रमुख धीरेन्द्रकुमार दत्त केन्द्रीय कार्यालय र वरिष्ठ सम्पादक मोहिनी रिसाल केन्द्रीय कार्यालय लाई दीर्घसेवा तथा पुरस्कार प्रदान गरिएको छ । 

 

 

राज्यको एकमात्र आधिकारिक समाचार समिति रासस विसं २०१८ फागुन ७ गते स्थापना भएको थियो । यसले विभिन्न आमसञ्चार माध्यमका लागि समाचार, आलेख, फोटो, श्रव्य सामग्री, अङ्ग्रेजी र अन्तर्राष्ट्रिय समाचार सेवा उपलब्ध गराउँदै आएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement