Advertisement
Advertisement
Advertisement
Advertisement

रासस पत्रकारिता पुरस्कार नेपाल र गौतमलाई

  |      18:17:00   |  
रासस पत्रकारिता पुरस्कार नेपाल र गौतमलाई

फागुन १, काठमाडौं । नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाले यस वर्षको रासस पत्रकारिता पुरस्कार वरिष्ठ समाचारदाता विष्णुप्रसाद नेपाल र उपसमाचारदाता नीरज गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कार छनोट समितिको सिफारिसमा शाखाले जनही रु १०/१० हजार राशिको उक्त पुरस्कार वरिष्ठ समाचारदाता नेपाल र उपसमाचारदाता गौतमलाई प्रदान गर्ने निर्णय गरेको हो । 

 

 

 

वरिष्ठ समाचारदाता नेपालले डेढ दशकभन्दा बढी समयदेखि संसदीय मामिला, सुरक्षा, स्वास्थ्य र राजनीतिक विषयमा समाचार सङ्कलन र सम्पादन गरी राससको समाचार सेवामा उल्लेखनीय योगदान पुर्याउदै आउनुभएको छ । प्रदेश नम्बर ५ रासस नेपालगञ्ज कार्यालयका प्रमुखसमेत रहनुभएका गौतमले अढाइ दशकभन्दा बढी पश्चिम नेपाल कार्य क्षेत्र बनाई समाचार सङ्कलन र सम्पादनमा सक्रिय रही राससको समाचार सेवामा विशिष्ट योगदान दिँदै आउनुभएको छ । उक्त पुरस्कार राससको वार्षिकोत्सवका अवसरमा फागुन ७ गते आयोजना हुने समारोहमा प्रदान गरिने छ । 

 

 

 

शाखाले यस वर्ष राससको वार्षिकोत्वसका अवसरमा पूर्वअध्यक्ष एवं महाप्रबन्धक राधेश्याम विष्टलाई सम्मान गर्ने निर्णय गरेको छ । शाखाले यस वर्षको उमाकान्त–गीतादेवी–चन्द्रमणि स्मृति पत्रकारिता पुरस्कार राससका उदयपुर जिल्ला समाचारदाता हरिकुमार राईलाई प्रदान गर्ने निर्णय गरेको छ । रासस दाङ कार्यालयका प्रमुख नारायणी रजौरेका पिता, माता र भाइको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार नगद रु पाँच हजार राशि र सम्मानपत्र रहेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement