Advertisement
Advertisement
Advertisement
Advertisement

राजधानीमा पाकेटमारको बिगबिगी

  |      11:16:00   |  
वेब तस्विर
वेब तस्विर

– अच्युत रेग्मी 

पुस ४, काठमाडौं । सार्वजनिक यातायात र भीडभाडमा हुनहुन्छ भने होसीयार रहनुस् । नगद, मोबाइल र गरगहना जस्ता महत्वपूर्ण सामाग्री चोरी हुन सक्छ । राजधानीमा पाकेटमारको बिगबिगी बढेपछि केही समययता विभिन्न सडकमा चल्ने सार्वजनिक यातायातमा प्रहरीले सादा पोशाकको प्रहरी खटाएर त्यस्तो चोरी नियन्त्रण अभियान अघि बढाएको छ । 

 

काठमाडौं उपत्यकामा बेग्लाबेग्लै समयमा विभिन्न सडकमा चल्ने सवारी साधनमा पाकेटमारका समूहले साङ्केतिक भाषाको प्रयोग गरेर चोरी गर्ने गरेका छन् । त्यस्तो चारीको क्रम बढेपछि मङ्सिर १५ गतेदेखि महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँग मिलेर सादा पोशाकमा प्रहरी खटाएको थियो । 

 

सो अभियान अन्र्तगत परिसरले ५० प्रहरीलाई चक्रपथ, रत्नपार्क, जमल, कालीमाटी सहितका उपत्यकका विभिन्न क्षेत्रमा सादा पोशाकमा खटाएको थियो । सो क्रममा बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुको साथबाट पकेट तथा झोलामा रहेको नगद, मोबाइल र गरगहना चोर्ने ७७ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान शुरु गरेको छ । परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले सार्वजनिक बसमा विभिन्न बस स्टपमा दुई/दुई जनाको दरले ६ जनासम्म चढ्ने र पैसा भएको यात्रुको पहिचान गरी पकेटमार गर्ने गरेको अनुसन्धानमा खुलेको बताउनुभयो । 

 

“पकेटमारले पैसालाई ‘द’, मोबाइललाई ‘कान’, प्रहरीलाई ‘ठूल्दाइ’, चालकलाई ‘माम’, सहचालकलाई ‘मले’, गाडीबाट झरेर भागलाई ‘टप्की’लगायतका साङ्केतिक शब्दहरु प्रयोग गर्ने गरेको अनुसन्धानमा खुलेको छ,” उहाँले भन्नुभयो । पैसा भएको यात्रुलाई घेराबन्दीमा पारी ठेलमठेलको अवस्था बनाएर यात्रुसँग भएको नगद, मोबाइल तथा गरगहना लुटपाट गर्ने गरेको उहाँको भनाइ छ । परिसरले पकेटमारीसँग हालसम्म रु पाँच लाख ९६ हजार नगद, मोबाइल ३९ थान, आइप्याड चार थान र ल्यापटप पाँच थान बरामद गरेको छ । 

 

गत मङ्सिर २५ गते कैलालीका सुरेन्द्रबहादुर सिंह नातिको उपचारका लागि काठमाडौँ आउनुभयो । काठमाडौँको पानीपोखरीमा रहेको अन्तर्राष्ट्रिय बालमैत्री अस्पताल जान गोङ्गबुस्थित नयाँ बसपार्कबाट कान्तिपुर यातायात चढ्नुभयो । चक्रपथ पुग्दा सात/आठ जनाको समूहले उहाँको साथको एउटा झोला लियो । उहाँलाई सिटमा बस्न आग्रह गरेर थाहा नपाउने तरिकाले ज्याकेटको अगाडि खल्तीको ७५ हजार पाकेट मारे । यस्तो चोरीको क्रम बढेपछि प्रहरी र यातायात व्यवसायी मिलेर चोरी नियन्त्रण अभियानलाई तिव्रता दिइएको बताइएको छ । 

 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सार्वजनिक सवारी साधनभित्र छिरेर चोरी गर्नुका साथसाथै चालक तथा सहचालकलाई समेत लुटपाट गर्ने गरेकाले उक्त अभियान चलाइएको बताउनुहुन्छ । “कमजोर कानूनका कारण पाकेटमाराले पटकपटक सार्वजनिक यातायातमा चढेर चोरी गर्ने गरेको पाइएको छ,” उहाँ भन्नुहुन्छ । 

 

महासङ्घको प्रदेश नं ३ समितिले यातायात सुरक्षा साझा अभियानअन्तर्गत उपत्यकाभित्रको प्रहरीलाई २५० निःशुल्क यात्रा पासको व्यवस्था गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ प्रदेश ३ का संयोजक धर्मराज रिमाल उपत्यकाभित्रको सार्वजनिक यातायातको सुधार गर्न प्रहरीलाई उक्त पासको व्यवस्था गरिएको बताउनुहुन्छ । 

 

परिसरका प्रवक्ता होवीन्द्र बोगटी विभिन्न सडकमा समूह बनाएर पाकेट मार्ने गरेको बताउनुहुन्छ । चक्रपथ क्षेत्रमा काभ्रेपलाञ्चोक दाप्चाका पूर्णबहादुर विक र कान्तिपुर यातायातमा काभ्रेपलाञ्चोक भोक्सेका सनबहादुर तामाङको समूहले पाकेट मार्ने गरेको प्रवक्ता बोगटीले बताउनुभयो । उपत्यकामा चल्ने कान्तिपुर, नेपाल, महानगर, साझा यातायतमा बढी पाकेट मार्ने काम हुने गरेको परिसरले जनाएको छ । पहिलोपटक पाकेट मार्नेलाई एक महीना जेल तथा बिगो बराबरको जरिवना, दोस्रो पटकलाई दुई महीना कैद तथा बिगोबमोजिम जरिवाना हुने कानूनी प्रावधान रहेको छ  । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement