►पेमा लामा
बनेपा, माघ २१ ९रासस० ९रासस० स् सिन्धुली जिल्ला सुनकोसी गाउँपालिका–१ घर भएकी सुनिता सिन्चीउरीले अटो रिक्सा चलाएर दैनिक एक हजारदेखि एक हजार ५०० सम्म कमाउने गरेको बताउनुहुन्छ ।
उहाँले काभ्रेपलाञ्चोकको बनेपास्थित चारदोबाटो आपसपासमा अटो रिक्सा चलाएर त्यसरी पैसा कमाउने गर्नुभएको डेढ हप्ता भयो ।
उहाँले यसअघि ललितपुरमा सफा ट्याम्पो चलाएर जीविकोपार्जन गर्दै आउनुभएको थियो । अटो रिक्साबाट अलि बढी कमाइ हुने भएपछि ट्याम्पो चलाउन छोडेर बनेपामा अटो रिक्सा चलाउन थाल्नुभएको उहाँको भनाइ छ ।
उहाँले ललितपुर–काठमाडौँ घुम्ती सेवामा तीन वर्षसम्म सफा ट्याम्पो चलाउनुभएको थियो । त्यो पेशाभन्दा अलि राम्रो भएपछि आफैँले रु तीन लाख लगानी गरेर अटो रिक्सा किनेर बनेपा धुलिखेल, पनौती र नाला लगायतका स्थानसम्म सेवा दिँदै आउनुभएको छ ।
अहिले उहाँले काठमाडौँमा भन्दा बनेपामा अटो रिक्सा चलाएर बढी आम्दानी गरेको बताउनुभयो । सोही पेशाबाट छोरीलाई बोर्डिङ स्कुलमा पढाउँदै आउनुभएकी उहाँले अहिले राम्रै आम्दानी भइरहेको बताउनुभयो ।
“छोरीलाई ललितपुरको टिकीदेवलस्थित होस्टलमा राखेर पढाइरहेकी छु, शुल्क तिरेर खर्च कटाएर ठीकै बचत हुन्छ”, सिन्चीउरीले भन्नुभयो, “पहिला उतै बसेर काम गरेकाले छोरी कक्षा दुईमा उतै पढ्दै छिन्, उतै राखेकाले प्रत्येक शनिबार भेट्न जान्छु, अरु बेला यतै यही पेशा गरिरहेकी छु ।”