Advertisement
Advertisement
Advertisement
Advertisement

यस वर्ष मुस्ताङमा स्याउ उत्पादन दश प्रतिशतले वृद्धि

  |      21:40:00   |  
यस वर्ष  मुस्ताङमा स्याउ उत्पादन दश प्रतिशतले वृद्धि

भदौ २२, मुस्ताङ । मुस्ताङमा स्याउको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादन दश प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 

 

गत वर्ष चार हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यस वर्ष अनुकूल मौसम, रोग, किराको समस्या कम भएको र नयाँ बोट थपिएकाले उत्पादन बढेको कार्यालयका योजना अधिकृत शिवपुजन गुप्ताले जानकारी दिए । 

 

कोवाङ, टुकुचे, जोमसोम, कागबेनी, मुक्तिनाथ र छुसाङको एक हजार ११५ हेक्टरमा स्याउ खेती गरिएको छ । करिब ३७० हेक्टरमा लगाइएको बोटले फल दिने गरेको छ । रेड, रोयल, रिचारेड, गोल्डेर फुजी डेलिसियस जातको स्याउ खेती गरिएको छ । 

 

गत वर्ष रु २३ करोड मूल्य बराबरको तीन हजार २०० मेट्रिक टन स्याउ मुस्ताङबाट निकासी भएको थियो । अधिकांश बगैँचामा फलेका स्याउ व्यापारीले अग्रिम पैसा दिएर खरिद गरिसकेका छन् । बेनी, पर्वत, बागलुङ, पोखरा, धादिङ, काठमाडौँ, चितवनलगायत जिल्लाबाट व्यापारी आएर बगैँचाबाट टिप्नुअघि नै बोटमै खरिद गर्ने गरेका थासाङ गाउँपालिका–१ टुकुचेका निरज तुलाचनले बताए । उनले रु ३० लाखमा बगैँचा नै ठेक्कामा दिएको बताए । 

 

"उत्पादनमा सुधार आएको छ । व्यापारीको घुइँचो लागेको छ”, उनले भने । भदौको अन्तिम सातादेखि स्याउ टिप्दा उपयुक्त हुने भए पनि कतिपय व्यापारीले पाक्नुअघि नै स्याउ बजार पुर्‍याउन थालेका छन् । रासायनिक मल र विषादीको प्रयोग नगरिएको, स्वच्छ वातावरणमा उत्पादित मुस्ताङको स्याउले बजार पाएको छ । 

 

विसं २०६४ मा बेनी–जोमसोम सडक सञ्चालनमा आएपछि किसानको उत्साह र जाँगर बढेको छ । बढ्दो तापक्रम र रोगकिराको समस्या स्याउ खेतीमा चुनौती बनेको मार्फा शीतोष्ण बागवानी विकास फार्मका प्रमुख बालकृष्ण अधिकारीले बताए । पहिले स्याउ खेती हुने लेते र कुञ्जोमा अहिले स्याउका बिरुवा नै छैनन् । कृषकले खेती विस्तारसँगै बगैँचा र रोगकिराको व्यवस्थापनमा ध्यान दिनुपर्ने अधिकारी बताउँछन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement