माघ २२, परासी । माघे औँशीको अवसरमा पूर्वी नवलपरासीको त्रिवेणीधाममा लागेको मेला भर्न गएकी एक बालिका हराएकी छिन् ।
परिवारसँगै त्रिवेणी नुहाउन गएकी रामग्राम नगरपालिका–८ उनवछकी दश वर्षीया चन्दा केवट मेलाबाटै हराएकी हुन् । बिहान ११ बजे भीडभाडबाटै आफ्नी नातिनी हराएको चन्दाका हजुरबुबा वृजलाल केवटले बताउनुभयो ।
हराइरहेकी बालिकाको खोजी कार्यमा सहयोग गरिदिन हुन स्थानीय प्रहरी प्रशासनलगायत सबै पक्षसँग उहाँले आग्रह गर्नुभयो । नारायणी, सोनभद्र र पूर्णभद्र नदीको सङ्गमस्थल भएको हुँदा त्रिवेणीधाममा माघे औँशीमा मेला लाग्ने गर्छ ।