Advertisement
Advertisement
Advertisement
Advertisement

मेलाबाट फर्किरहेकी किशोरी बलात्कृत

  |      13:11:00   |  
मेलाबाट फर्किरहेकी किशोरी बलात्कृत

पुस ११, काठमाडौं ।नेपालगन्ज — नेपालगन्जस्थित भेरी अस्पतालको गेटबाट १४ वर्षीया छोरीलाई साथमा लिएर हिँडेकी उनी दिनभर छोरीको स्वास्थ्य जाँचका लागि अस्पताल वरिपरि दौडिरहेकी थिइन् । सोमबार अस्पतालका कोठाहरू चहार्दा पनि उनले छोरीलाई छाडिनन् । उनका आँखामा पीडासँगै डर पनि देखिन्थ्यो । 
बाँकेको नरैनापुरस्थित नेपाल–भारत सिमानामा बस्ने पीडित परिवार सामूहिक बलात्कारमा परेकी छोरीलाई न्यायका लागि मात्र लडी रहेको छैन, परिवारकै सुरक्षालाई लिएर चिन्तित पनि छ ।
नरैनापुरमा पुस ३ को राति मेला हेरेर घर फर्किरहेकी वडा–४ की १४ वर्षीया किशोरीमाथि दुई युवाले बलात्कार गरेको घटनालाई परिवारले गुपचुप नै राखेको थियो । भोलिपल्ट प्रहरीले घटनाबारे थाहा पाएपछि पीडितलाई बोलाएर सोधे पनि उनीहरूले सुरुमा बताउन चाहेनन् ।
प्रहरीको निकै केरकारपछि मात्र परिवारले सबै कुरा खुलाएका थिए । त्यसको भोलिपल्ट पुस ५ मा प्रहरीले जबर्जस्ती करणीमा उजुरी दर्ता गरेको थियो । पीडित किशोरीका बुबाले पीडककै डरका कारण घटनालाई गोप्य राख्न खोजेको बताए ।
घटनामा संलग्न दुवै जना फरार छन् । ‘मलाई कस्तो भइरहेको छ त्यो म भन्न पनि सक्दिनँ । मेरी छोरीमाथि जे नहुनुपर्ने हो भइसक्यो अब अपराधीलाई खोजेर मलाई न्याय चाहियो । प्रहरीले त साथ दिनुभएको छ तर हामीलाई अझै पनि त्रास छ,’ किशोरीकी आमाले भनिन्, ‘बाटोमा एक्लो घर छ । कहींबाट आएर पनि हामीलाई जे पनि गर्न सक्छन् । त्यसको सुरक्षा कसले दिने ?
मेला हेरेर राति ९ बजेतिर फर्कने क्रममा भारतीय मोटरसाइकलमा सवार नरैनापुर–४ नरैनापुर बस्ने २८ वर्षीय मोहम्मद इसरार खाँ र सोही ठाउँ बस्ने ३० वर्षीय मोहम्मद रिजवान खाँले जबर्जस्ती मोटरसाइकलमा बसाली मुख थुन्दै जंगलमा लगेर करणी गरेको पीडित किशोरीले बयान दिएको इलाका प्रहरी भगवानपुरका निरीक्षक टोपेन्द्र बुढामगरले बताए ।
‘पीडितहरू निकै त्रासमा भएकाले सुरुमा घटनाबारे बताउन मान्नुभएन, धेरैपछिको प्रयासपछि भएका सबै घटना नानीले खोलिन्,’ उनले भने, ‘घटनाका बेला नानीलाई निकै डरत्रास देखाइएकाले उनले वास्तविक कुरा खोल्न सकिनन् । घटनालगत्तै फरार आरोपित दुवैको प्रहरीले खोजी गरिरहेको उनले बताए । आरोपित पक्राउका लागि पुस ६ मा पक्राउ पुर्जीसमेत जारी भइसकेको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement