Advertisement
Advertisement
Advertisement
Advertisement

मिर्गौला रोगीलाई दश लाख सहयोग

  |      12:24:00   |  
वेब तस्विर
वेब तस्विर

भदौ १२, चितवन । दुवै मिर्गौला फेल भएका चितवन खैरहनीका हरेराम महतोलाई बचाउन आर्थिक संकलन अभियान शुरु गरिएको छ । 

 

यहाँको सिर्जनशील थारु समाजले शुरु गरेको अभियानका क्रममा करिब रु १० लाख सहयोग संकलन भएको समाजका अध्यक्ष कारी महतोले जानकारी दिए । 

 

वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुग्नुभएका चितवनको खैरहनी नगरपालिका– १ बहेराका हरेरामको चार महिना अघि दुवै मिर्गौला काम नलाग्ने भएपछि घर फर्किएका थिए । पैँतीस वर्षीय हरेरामको काठमाडौँस्थित वीर अस्पतालमा उपचार भइरहेको छ । उहाँको मिर्गौलाको डायलासिस भने नेशनल डायलासिस सेन्टर वसुन्धरामा चलिरहेको छ । 

 

पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं १ का मित्रमणि कँडेल र नवलपरासी गैँडाकोट नगरपालिका– ५ गणेश मन्दिर बस्ने देवेन्द्र पुन मगरले पोर्चुगलमा आर्थिक संकलन गरी शनिबार मात्रै रु दुई लाख सहयोग पठाएको कारीले जानकारी दिए । 

 

पोर्चुगलमा रहेका विभिन्न व्यक्ति र समूहबाट संकलन गरेर पठाएको रु दुई लाख खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरी र मित्रमणिका बुबा डम्बरप्रसाद कँडेलले पीडितकी आमा शनिचरी महतोलाई हस्तान्तरण गरिएको थियो । 

 

आर्थिक सहयोग संकलन हुनेक्रम अझै जारी रहेको र अहिलेसम्म रु १० लाख जति संकलन भएको जनाइएको छ । दक्षिण कोरियाबाट रु ८० हजार, अष्ट्रेलियाबाट दुईपटक गरी रु ७५ हजार, अमेरिकाबाट रु एक लाख ३५ हजार, क्यानडाबाट रु ४० हजार तथा साउदी, दुबई, कतार र मलेसयाबाट समेत सहयोग आएको अभियान्ता कारी महतोले जानकारी दिए । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement