माघ २८, चिप्लेढुङ्गा । महिला हिंसा विरुद्ध आत्मरक्षा खेलकुद कार्यक्रम आगामी फागुन १ गते देखि पोखरामा हुने भएको छ । समाजमा महिला तथा बालबालिका लक्ष्यित हिंसा बढ्दै गएपछि आत्मरक्षाका कार्यक्रम सञ्चालन गर्न थालिएको हो ।
गण्डकी प्रदेश प्रहरी कार्यालय र नोवाज आर्क स्पोर्टस साइन्स कलेजलगायत संस्थाको आयोजनामा पोखरा रङ्गशालामा हुने सो प्रशिक्षण ६ दिनसम्म चल्ने सोही टोलीका प्रशिक्षक डा नमरजङ गुरुङले जानकारी दिनुभयो ।
हिंसा न्यूनीकरणका लागि महिलाको आत्मविश्वास बढाउन खेलकुदसँग जोडेर कार्यक्रम गर्न लागिएको गण्डकी प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष जगन गुरुङले बताउनुभयो । उहाँका अनुसार १३ वर्षभन्दा माथिका छात्रा एवं महिलालाई लक्ष्य गरी प्रदान गरिने सो आत्मरक्षा प्रशिक्षणमा दक्षिण कोरियाका प्रशिक्षकको सहभागिता रहनेछ ।
आठ कक्षाभन्दा माथिका छात्रालाई लक्ष्य गरिएको सो प्रशिक्षणले मानव जीवनमा आइपर्ने घटनासँग तत्काल कसरी सामना गर्ने भन्ने विषयवस्तु समेटिएको छ । सो प्रशिक्षणमा झण्डै चार सय विद्यार्थी सहभागी हुने आयोजकको भनाइ छ । कार्यक्रममा विद्यार्थीबाहेक तेक्वान्दो, बक्सिङलगायत सबै मार्सल आर्ट खेलसँग सम्बद्ध १०० प्रशिक्षकलाई प्रशिक्षण दिइनेछ । त्यसका लागि कोरिया योमिङ युनिभर्सिटीका प्रा डा लिङ सङ गिल आदि रहेको ६ जनाको टोली पोखरा आइपुगेको जनाइएको छ ।
फागुन २२, रूकुम । रूकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र...
पुस १७,काठमाडौं । लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा इलामको सन्दकपुर गाउँपालिका-५ जौबारीमा...
पुस १५,काठमाडौं । बनेका कानुन कार्यान्वयन नगर्न हस्तक्षेप गरेकै कारण कानुन अभ्यासमा जान...
पुस ८,काठमाडौं । प्रतिनिधिसभा सदस्य सोविता गौतमले सांसदहरू जनताका चासो र सरोकारका सबै...
पुस १,काठमाडौं ।प्रतिनिधिसभा सदस्य डा चन्दा कार्की (भण्डारी)ले जनप्रतिनिधि जनतामा मुद्दामा...
पुस १, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विकास र समृद्धिका लागि...
मंसिर २६, काठमाडौं । म्याङलुङ बजार कारागार टोलकी मञ्जु लिम्बू ढाकाको सारी बुनेरै दुई जनाको...
मंसिर २५, काठमाडौं ।उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म...
मंसिर २४, काठमाडौं ।रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा परेकी म्याग्दीको बेनी...