Advertisement
Advertisement
Advertisement
Advertisement

महिला क्रिकेट नेपाल र युएई खेल्दै

  |      13:57:00   |  
वेब तस्विर
वेब तस्विर

पुस ३०,  काठमाडौँ  । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेटको तेस्रो खेलमा नेपालले आज युएइको सामना गर्दैछ । अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेपालले तेस्रो खेलमा बलियो टोली युएईविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र युएईबीचको खेल नेपाली समयअनुसार १२ः१५ मा शुरु हुनेछ । जारी प्रतियोगितामा दुवै टोली अपराजित हुन् । अघिल्ला दुई खेल जितेको नेपालले समूह चरणमा चार अङ्क जोडेको छ । आजको खेलमा नेपाल युएईविरुद्ध जित निकाल्दै एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गर्ने तयारीका साथ मैदानमा उत्रने प्रशिक्षक विनोद दासले बताएका छन् युएई पनि नेपाललाई हराएर सेमिफाइनलमा पुग्न चाहन्छ । अघिल्ला दुई खेल जितेको युएईको पनि चार अङ्क नै रहेको छ । 

 

पहिलो खेलमा नेपालले शनिबार चीनलाई १० विकेटले हराएको थियो । यस्तै आइतबार भएको दोस्रो खेलमा मलेसियालाई छ विकेटले पराजित गरेको थियो । नेपाली टोलीमा १४ सदस्यीय खेलाडीसहित मुख्य प्रशिक्षक विनोद दास, म्यानेजर अमृता पौडेल र फिजियो सकुना डानी सहभागी छन् । रुविना क्षेत्री ९वेलवासे०को कप्तानीमा रहेको नेपाली टोलीमा सीता राना मगर ९उपकप्तान०, करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, ममताकुमारी चौधरी र विन्दु रावल छन्। उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभगिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स युएई, मलेसिया र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा हङकङ, थाइल्याण्ड, इण्डोनेसिया, भूटान र म्यानमार छन् । नेपालले समूह चरणको अन्तिम खेल माघ २ गते थाइल्याण्डसँग खेल्नेछ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement