Advertisement
Advertisement
Advertisement
Advertisement

महिला सामूहिक तरकारी खेतीतर्फ

  |      15:57:00   |  
वेब तस्विर
वेब तस्विर

पुस ९, बेझाड । व्यावसायिक तरकारीखेती गर्न वडा कार्यालयले सहयोग गरेपछि रामपुर नगरपालिका– ६ का महिलाले सामूहिक रुपमा तरकारीखेती शुरु गरेका छन् । कार्यालयले व्यावसायिक तरकारीखेती गर्न इच्छुक महिला कृषक समूहलाई अनुदान रकम सहयोग गरेपछि यहाँका महिलाले सामूहिक तरकारीखेती गर्न थालेका हुन् । कृषि र पर्यटन विकासको नारा बोकेको वडा कार्यालयले तरकारी खेतीका लागि वडामा गठन भएका सात महिला कृषक समूहलाई अनुदान रकम उपलब्ध गराएको वडाध्यक्ष हुमनाथ न्यौपाने बताउनुहुन्छ । 


“वडालाई नमूना तरकारीको पकेट क्षेत्रका रुपमा चिनाउन व्यक्तिगत तथा सामूहिक रुपमा कृषकलाई वडा कार्यालयबाट आर्थिक सहयोग गरेका छौँ,” उहाँले भन्नुभयो । कार्यालयले राधाकृष्ण तरकारी उत्पादन समूहलाई रु पाँच हजार, कँडेलबारी महिला कृषक समूहलाई रु २५ हजार, कालिआँप मनकामना महिला कृषक समूहलाई रु २५ हजार, तालपोखरा महिला कृषक समूहलाई रु २५ हजार, नदी किनारा आयआर्जन महिला कृषक समूहलाई रु २५ हजार, आत्मनिर्भर महिला तरकारी उत्पादन समूहलाई रु २५ हजार र मिलिजुली महिला कृषक समूहलाई रु पाँच हजार सहयोग गरेको छ । 

 

वडा कार्यालयले व्यावसायिक तरकारीखेती गर्न रु पाँच हजार अनुदान रकम उपलब्ध गराएपछि सामूहिक रुपमा आलुखेती गरेको राधाकृष्ण तरकारी उत्पादन समूहका अध्यक्ष लोकमाया कुमालले बताउनुभयो । समूहले तीन रोपनी क्षेत्रफलमा छ क्विन्टल आलु लगाएको छ । कृषि व्यवसायतर्फ आकर्षित गर्न कृषकलाई अनुदान उपलब्ध गराएपछि व्यवसाय गर्न हौसला मिलेको कँडेलबारी महिला कृषक समूहका अध्यक्ष सीता भण्डारीले बताउनुभयो । 

 

“वडा कार्यालयले सुस्ताएका कृषकलाई ब्यूँताउने कोसिस गरेको छ, हाम्रो समूहलाई पनि रु २५ हजार सहयोग गरेपछि समूहमा आवद्ध महिलाको कृषि व्यवसायमा आकर्षण बढ्दो छ,”उहाँले भन्नुभयो । सामूहिक रुपमा तीन रोपनी क्षेत्रफलमा बन्दाखेती गरेको उहाँले बताउनुभयो । कालिआँप मनकामना महिला कृषक समूहले पनि वडा कार्यालयबाट रु २५ हजार अनुदान पाएपछि दुई रोपनी क्षेत्रफलमा चौमासे सिमिखेती शुरु गरेको छ । सामूहिक खेती गर्न वडा कार्यालयले अनुदानवापत रु २५ हजार उपलब्ध गराएपछि चौमासे सिमि लगाएको समूहका अध्यक्ष दुर्गा पौडेलले बताउनुभयो । 

 

वडा कार्यालयले वडामा गठन भएको जनजागृति कृषक समूहलाई भोजभतेरका लागि भाँडाकुँडा खरीद गर्न रु एक लाख सहयोग गरेको छ । वडाले ३४ अगुवा कृषकलाई रु एक लाख बराबरको रासायनिक मल र दानासमेत वितरण गरेको छ । उक्त वडामा अहिले तरकारी खेती गर्ने कृषकको आकर्षण ह्वात्तै बढेको छ । रामपुर नगरपालिकाका दश वडामध्ये वडा नं– ६ ले नगरपालिकामै नमूना कार्य गरिरहेको छ । वडा कार्यालयको सहयोगकै कारण विदेशिएका युवादेखि महिला, राजनीतिज्ञ र वृद्धवृद्धासमेत व्यावसायिक तरकारी खेतीमा लागेका छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement