Advertisement
Advertisement
Advertisement
Advertisement

महिला फुटबल टोलीको प्रशिक्षण आजदेखि

  |      14:24:00   |  
वेब तस्विर
वेब तस्विर

मङ्सिर २६, काठमाडौं, पाँचौं संस्करणको साफ महिला फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले आजदेखि प्रशिक्षण शुरु गर्दैछ । प्रतियोगिता आउन तीन महिना बाँकी छँदै अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले महिला टोलीको तयारी अघि बढाएको प्रवक्ता किरण राईले जानकारी दिनुभयो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने प्रशिक्षणका लागि ३३ खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ । 

 

राष्ट्रिय टोलीमा रहेका खेलाडी, उमेर समूहका खेलाडी र हालै सम्पन्न प्रधानसेनापति कपमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको मुख्य प्रशिक्षक हरि खड्काले जानकारी दिनुभयो । नेपालमै आयाजना हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । सो समूहमा नेपालसहित बङ्गलादेश, भुटान र पाकिस्तान छन् । समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलङ्का छन् । 

 

दक्षिण एसियाली महिला फुटबलको राम्रो टोली नेपालले अहिलेसम्म भारतको बर्चस्व तोड्न सकेको छैन । सबै संस्करणको उपाधि भारतले जितेको नेपाल अहिलेसम्म फाइनलमा भारतसँग पराजित हुँदै आएको छ । नेपालले प्रतियोगिता आगामी फागुन २८ देखि चैत ८ गतेसम्म विराटनगरमा गर्दैछ। यसअघि उक्त प्रतियोगिता श्रीलङ्काले आयोजना गर्ने निर्णय भएकामा श्रीलङ्कामा पछिल्लो समय देखिएको राजनीतिक अस्थिरताका कारण प्रतियोगिता गर्न नसक्ने जनाएपछि दक्षिण एशियाली फुटबल महासङ्घ (साफ)ले निर्धारित समयभन्दा एक महिनापछि सारेर नेपाललाई आयोजनाको जिम्मा दिएको हो । 

 

प्रतियोगिता आयोजना गर्ने अवसरबाट नेपाली महिला खेलाडीलाई थप ऊर्जा प्राप्त हुने एन्फाले विश्वास लिएको छ । यसअघि आगामी पुस २ गतेदेखि श्रीलङ्कामा खेल शुरु हुने गरी खेल तालिका सार्वजनिक भएको थियो । घरेलु मैदानमा च्याम्पीयन बन्ने लक्ष्यका राखेको नेपाली महिला टोली खड्काको प्रशिक्षण तथा निरु थापाको कप्तानीमा रहेको छ । नेपाली महिला टोली हालै म्यान्मामा भएको ओलम्पिक छनोटको दोस्रो चरणमा पुग्न सफल भइसकेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement