Advertisement
Advertisement
Advertisement
Advertisement

महिलाको समस्या समाधानका लागि मुख्यमन्त्रीलाई ध्यानाकर्षण

  |      11:02:00   |  
वेब तस्विर
वेब तस्विर

 पुस २०, वीरेन्द्रनगर । कर्णाली प्रदेशका महिलाको समस्या समाधानका लागि शान्ति न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल संकल्प कर्णाली प्रदेशले त्यहाँका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ध्यानाकर्षण गराएको छ । संकल्पको नेतृत्वमा गएको महिला प्रतिनिधिमण्डलले आज मुख्यमन्त्री कार्यालयमा पुगेर महिलाको समस्या सम्बन्धमा मुख्यमन्त्री शाहीलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो ।  ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री शाहीले कर्णालीका महिलाका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै यसका लागि सामुहिक प्रयास आवश्यक रहेको बताउनुभयो । 

 

यस क्षेत्रमा आत्महत्याको अवस्था विकराल रहेकाले यसको न्यूनीकरणका लागि प्रदेश सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने र धार्मिक तथा सांस्कृतिक कारणले यस क्षेत्रका महिला हिंसा खेप्न बाध्य भएकोमा यसको समाधानका लागि कर्णाली सरकारलाई ध्यानाकर्षण गराएको संकल्पका कर्णाली प्रदेश अध्यक्ष सितलसिंह राठौरले जानकारी दिनुभयो ।  जबरजस्ती करणीका घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउनुपर्ने, बालविवाहका कारण महिला घरेलु हिंसाको सिकार बढी हुने भएकाले बालविवाह न्यूनीकरणका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने, द्वन्द्वको समयमा बलात्कारमा परेका महिला अझै पनि न्याय पाउन नसकेकाले यसतर्फ पनि सरकारको ध्यान जानुपर्ने लगायत ज्ञापनपत्रमा उल्लेख छ ।
 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement