Advertisement
Advertisement
Advertisement
Advertisement

महिलाका नाममा सम्पत्तिको स्वामित्व बढ्दै

  |      21:59:00   |  
महिलाका नाममा सम्पत्तिको स्वामित्व बढ्दै

►तारानाथ आचार्य 

माघ २५, बलेवा । सरकारले महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्दा राजश्वमा छुट दिन थालेपछि उनीहरूको स्वामित्वमा सम्पत्ति ९घरजग्गा० दर्ता हुने क्रम बढेको छ । 

 

बागलुङमा महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्नेको सङ्ख्या ३५ देखि ४० प्रतिशतले वृद्धि भएको छ । मालपोत कार्यालय बागलुङका अनुसार जिल्लाका अधिकांश क्षेत्रका जग्गा खरीद बिक्रीमा पास गर्न आउनेले महिला र जेष्ठ नागरिकको नाममा पास गर्ने गरेको कार्यालय प्रमुख विष्णुप्रसाद शर्माले बताउनुभयो । 

 

उनीहरुको नाममा घरजग्गा रजिस्ट्रेशन पास गर्दा २५ प्रतिशतसम्म छुट दिने व्यवस्था छ । महिलाका नाममा समेत घरजग्गाको स्वामित्व बढाउने उद्देश्यले सरकारले महिलाको नाममा स्वामित्व दर्ता गर्दा लाग्ने राजश्वमा २५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको हो । सरकारले महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्दा राजस्वमा छुट दिन थालेपछि उनीहरूको स्वामित्वमा घरजग्गा दर्ता हुने क्रम बढेको छ। 

 

बागलुङमा जिल्लामा महिलाका नाममा रजिस्ट्रेशन पास गर्नेको सङ्ख्यामा झण्डै ३५ देखि ४० प्रतिशतले वृद्धि हुँदै गएको मालपोत कार्यालय बागलुङले जनाएको छ । राजश्व छुट पाउने भएपछि वार्षिक न्यूनतम् ३० देखि ४० प्रतिशतसम्म महिलाको नाममा घरजग्गाको स्वामित्व दर्तामा वृद्धि हुँदै गएको कार्यालय प्रमुख शर्माको भनाइ छ । 

 

उहाँका अनुसार चालू आवको छ महीनामा ७३७ मध्ये जिल्लाका २२६ जना महिलाका नाममा घरजग्गा दर्ता भएको छ । यो सङ्ख्या शहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा धेरै छ । राजश्व छुटले ग्रामीण क्षेत्रका महिलामा घरजग्गाको स्वामित्व बढाएको छ । महिलाको नाममा घरजग्गा दर्ता हुँदा ११ लाख ८४ हजार १५८ हजार रुपैयाँ राजश्वमा छुट भएको छ । 

 

चालु आर्थिक वर्षको छ महीनामा २४६ महिला, ३४ जना दलित र १ जना ज्येष्ठ नागरिकका नाममा समेत स्वामित्व रहने गरी घरजग्गा दर्ता, अंशबण्डा, सट्टापट्टा, दर्ताफारी भएको छ । २८१ जनालाई छुट दिँदा रु १३ लाख ३८ हजार ३१८ राजश्व छुट भएको कार्यालय प्रमुख शर्माले जानकारी दिनुभयो । 

 

गत आर्थिक वर्ष २०७४÷७५ मा कूल दुई हजार ८०३ वटा मालपोत पासमध्ये ७१२ महिला, ९५ दलित र ज्येष्ठ नागरिक ९७० वर्ष माथि० सात जनाको नाममा रजिस्ट्रेशन पास भएको थियो । महिला, दलित ज्येष्ठ नागरिक गरी ८१४ लाई ३८ लाख ९३ हजार १७९ राजश्व छुट भएको थियो । ७० वर्ष माथिका वृद्धको नाममा स्वामित्व दर्ता भएमा पनि महिला सरह राजश्वमा छुट दिने व्यवस्था छ भने सीमान्तकृत समुदायको नाममा रजिस्ट्रेशन पास गर्दा समेत २५ प्रतिशतसम्म छुट दिने सरकारी व्यवस्था छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement