मंसिर २८,काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा २८०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुन प्रतितोला १ लाख१८ हजार ८००रुपैयाँ र तेजावी सुन भने तोलामा १ लाख १८ हजार २५० रुपैयाँमामा कारोबार भइरहेको छ ।
हिजो छापावाला सुन प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
तेजावी तोलामा १ लाख १५ हजार ४५० रुपैयाँमामा कारोबार भएको थियो ।
यसैगरी यो दिन चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ५५रुपैयाँले बढेर १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।