Advertisement
Advertisement
Advertisement
Advertisement

भूकम्प प्रतिरोधी घर बन्दै

  |      13:12:00   |  
वेब तस्विर
वेब तस्विर

 

माघ ११, बर्दिवास । महोत्तरी जिल्लाको उत्तरी क्षेत्र र आसपासका छिमेकी जिल्लाका गाउँनगर बस्तीमा अब धमाधम भूकम्प प्रतिरोधी पक्की घर, भवन बन्न थालेका छन् । महोत्तरी जिल्लाको बर्दिवास, भङ्गाहा र बलबा एवं धनुषा जिल्लाको मिथिला नगरपालिकामा तालीम प्राप्त दक्ष डकर्मी बढ्दै गएपछि यी नगरसहित छिमेकको सिन्धुली जिल्लाका कमलामाई र दूधौली नगरपालिका क्षेत्रमा पनि धमाधम भूकम्प प्रतिरोधी घर, भवन बन्न थालेका छन् । 

 

सामुदायिक विकास तथा पैरवीमञ्च नेपाल, बर्दिवास महोत्तरीले सञ्चालन गरेको सामुदायिक उत्थान परियोजना महोत्तरी, धनुषामार्फत महोत्तरीका तीन र धनुषाको एक समेत चार नगरपालिका क्षेत्रका डकर्मी काम गर्नेलाई भूकम्प प्रतिरोधी घर, भवन बनाउने सीप सिकाएपछि त्यसको सकारात्मक प्रभाव यस भेगमा देखिएको हो । पछिल्ला दुई वर्षयता आफ्नो वडाबस्तीमा बनेका पक्की घरमध्ये धेरैजसो भूकम्प प्रतिरोधी बनेका बर्दिवास–३ का वडाअध्यक्ष राजन ढुङ्गानाले बताउनुभयो । 

 

 

पैरवी मञ्चले विसं २०७३ देखि हालसम्म महोत्तरीका तीन र धनुषाको एकसहित चार नगरपालिकाका–६३ जना डकर्मीलाई भूकम्प प्रतिरोधी घर बनाउने दक्षता अभिवृद्धि तालीम दिइसकेको छ । पछिल्लो पटक विसं २०७५ को यो तालीम भर्खरै २० जनाले लिएका र अघिल्ला दुई वर्षमा ४३ जनाले लिएका पैरवी मञ्चका अध्यक्ष नागदेव यादवले जानकारी दिनुभयो । 

 

 

तालीम लिएपछि आपूmहरुको सम्पर्कमा रहँदै आएका यसअघिका तालीम प्राप्त ४३ जना डकर्मीले महोत्तरीको बर्दिवास, धनुषाको मिथिला र सिन्धुलीका कमलामाई र दूधौली नगरपालिका क्षेत्रमा समेत हालसम्म ५८३ वटा भूकम्प प्रतिरोधी पक्की घर बनेका अभिलेख रहेको पैरवी मञ्चले जनाएको छ । 

नयाँ सीप सिकेका डकर्मीले घर बनाउने धनीलाई भूकम्प प्रतिरोधी घर बनाउन अभिप्रेरित गर्ने र आपूmले अब पुरानो परम्पराको घर नबनाउने अडान लिन थालेपछि भूकम्प प्रतिरोधी घर, भवन बन्न थालेका हुन् । “हामी त पहिलेदेखि नै घर बनाउने काम गर्दै आएका थियौंँ, अहिले नयाँ तरिका प्रविधि ले बनाउन थालेका छौं” दुई वर्षअघि भूकम्प प्रतिरोधी घर बनाउने तालीम लिएका बर्दिवास–१४ का उपेन्द्र मुखियाले भन्नुभयो । 

 

 

तालीम प्राप्त यी डकर्मी कामका लागि महोत्तरी, धनुषाबाहेक सिन्धुली पनि जाने गरेका छन् । मधेशबाट काम गर्न आफ्नो बस्ती आउने गरेका डकर्मीको प्रेरणाले अब बाक्लै भूकम्प प्रतिरोधी घर बन्न थालेका सिन्धुलीको दूधौली नगरपालिका–१ का वडाअध्यक्ष गोविन्द पहाडी बताउनुहुन्छ । 

 

 

पछिल्लो समयमा भूकम्प प्रतिरोधी घर बनाउने दक्षता अभिवृद्धि तालीम लिएका डकर्मी बढ्दै गएपछि नगरमा नयाँ प्रविधिको घर, भवन बन्न लागेका महोत्तरीको भङ्गाहा नगरपालिकाका उपप्रमुख गङ्गादेवी सिंह दनुवारको भनाइ छ । यसैबीच बर्दिवास नगरपालिका कार्यालयको शहरी विकास तथा भवन निर्माण शाखाका प्रमुख इञ्जिनीयर टेक कटुवालले पनि तालीम प्राप्त दक्ष डकर्मी बढ्दै गएपछि घर बनाउने तयारीमा रहेका अब चाँडै भूकम्प प्रतिरोधी घर बनाउने कुरामा सहमत हुँदै गएको बताउनुहुन्छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement