माघ १,भक्तपुर । माघे सङ्क्रान्तिको अवसरमा आज भक्तपुरको तौमढीस्थित तिलमाधव नारायण र सूर्यमढीस्थित वाकुपतिनारायण मन्दिरमा मेला लागेको छ । यी मन्दिरमा रहेका देवताको शरीरमा घिउ र चाकु लगाइदिने गरिन्छ । गर्भवती महिलाले प्रसादका रुपमा यी नारायण देवताको नाइटोमाथिको घिउ, चाकु खाएमा छोरा र नाइटोमुनी लगाइएको घिउ चाकु खाए छोरी लाभ हुने स्थानीय जनविश्वास रहेको छ । नेवारी भाषामा घिउ, चाकु सल्हुँ भनिने यस दिन भक्तपुरको चाँगुनारायण, सिपाडोलस्थित आशापुरी महादेव, डोलेश्वर महादेव मन्दिरमा पनि मेला लागेको छ । हरेक वर्ष माघे सङ्क्रान्तिका दिन यी मन्दिरमा भक्तजनको धुइँचो लाग्ने गर्दछ ।
बिहान स्नान गरी जीउमा तेल घसेर घिउ, चाकु, तिलको लडडू, सागपात, तरुल खानाले शरीरमा गर्मीको मात्रा बढ्ने हृष्टपुष्ट हुने मान्यता रहिआएको छ । आजैदेखि दिन लामो र रात छोटो हुने तथा जाडो घट्दै जाने विश्वास गरिन्छ । आजै भक्तपुरको तलेजुमा पनि विशेष पूजा गरिन्छ । गुठी संस्थानले उपलब्ध गराएको रकमबाट तलेजुका मूल पूजारी उत्तमाङराज राजोपाध्यायले विशेष पूजा गरी विभिन्न परिकार चढाई पूजा गरेको माघे सङ्क्रान्ति मनाइने तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।
फागुन २२, रूकुम । रूकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र...
पुस १७,काठमाडौं । लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा इलामको सन्दकपुर गाउँपालिका-५ जौबारीमा...
पुस १५,काठमाडौं । बनेका कानुन कार्यान्वयन नगर्न हस्तक्षेप गरेकै कारण कानुन अभ्यासमा जान...
पुस ८,काठमाडौं । प्रतिनिधिसभा सदस्य सोविता गौतमले सांसदहरू जनताका चासो र सरोकारका सबै...
पुस १,काठमाडौं ।प्रतिनिधिसभा सदस्य डा चन्दा कार्की (भण्डारी)ले जनप्रतिनिधि जनतामा मुद्दामा...
पुस १, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विकास र समृद्धिका लागि...
मंसिर २६, काठमाडौं । म्याङलुङ बजार कारागार टोलकी मञ्जु लिम्बू ढाकाको सारी बुनेरै दुई जनाको...
मंसिर २५, काठमाडौं ।उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म...
मंसिर २४, काठमाडौं ।रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा परेकी म्याग्दीको बेनी...