Advertisement
Advertisement
Advertisement
Advertisement

बिक्री नभएको सुन्तलाबाट जाम बनाउन सिक्दै महिला

  |      14:50:00   |  
वेब तस्विर
वेब तस्विर

 माघ ९,  दमौली । तनहुँको भिमाद नगरपालिका–९ भानुमति सुन्तलाको पकेट क्षेत्र हो । यहाँबाट वाषिक रु एक करोडभन्दा बढीको सुन्तला निर्यात हुने गरेको छ । यहाँका कृषकले लगाएको सुन्तला व्यापारीले बोटमै पुगेर किन्ने गरेका छन् । कृषकसँग सुन्तला खरीद गरेर व्यापारीले विभिन्न जिल्लामा लगेर सुन्तला बिक्री वितरण गरिरहेका छन् । 

 

राम्रा–राम्रा सुन्तला व्यापारीले लगे पनि बिक्री नहुने खालका सुन्तला त्यसै छाडिन्छ  । जुनपछि कुहिएर खेर जाने गरेको छ । धेरै समयपछि कुहिएको सुन्तला स्थानीयले पशुलाई खुवाउने गरेका छन् । सुन्तलाबाट जाम बनाउन सकिन्छ भन्ने जानकारी पाएपछि भने यहाँका महिलाले बिक्री नभएको सुन्तलालाई सदुपयोग गर्दै आम्दानीको स्रोत बनाउने लक्ष्य राखेका छन् । यहाँका महिलाले गाउँघरमै उत्पादन भएर बिक्री नभएको सुन्तलाबाट जाम बनाउने सीप सिक्न थालेका छन् । 

 

अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्था र नेपाल ख्रिष्टियन पाइमीले महिलालाई स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले सुन्तलाबाट जाम बनाउने सीप सिकाउन थालेको महिला सहकारी संस्थाका अध्यक्ष देवीमुक्तान आलेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सहकारीमा आबद्ध महिलालाई स्वरोजगार बनाउने उद्देश्यले गाउँघरमै रहेको सुन्तलाबाट जाम बनाउन सिकाएका हौँ ।” स्थानीयको उत्पादनको माग बढ्दै गएकाले सुन्तलाबाट जाम बनाएर बिक्री गर्न सके राम्रो आम्दानी गर्न सकिने उहाँको भनाइ छ । 

 

सहकारीले सुन्तलाबाट जाम बनाएर बिक्री गर्ने सोचसमेत राखेको छ । सहकारीका लेखा संयोजक सुमाया थापाले आगामी वर्षदेखि सहकारीले नै जाम बनाएर बिक्री गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो । स्थानीय महिलालाई नेपाल ख्रिष्टियन समाज महिला समिति गण्डकीकी संयोजक शारदा गौतमले सुन्तलाबाट जाम बनाउने सीप सिकाउनुभएको छ । उहाँले केही समय अघि उक्त गाउँमा भ्रमणको क्रममा आउँदा व्यापारीले छाडेको सुन्तलालाई प्रयोग गरी जाम बनाउन सकिनेबारे छलफल गरेपछि यहाँका महिलाले त्यसतर्फ चासो दिएको बताउनुभयो । 

 

उहाँले भन्नुभयो, “सुन्तलाका बोटमुनि फालिएका सुन्तला कुहिएपछि बङ्गुरलाई खुवाउने गरिँदो रहेछ, यसबाट त जाम बनाउन सकिन्छ भनेपछि महिला दिदीबहिनीले चासो दिनुभयो ।” उहाँले फालिएको सुन्तलाबाट पनि राम्रो आम्दानी हुने भएकाले व्यावसायिकरूपमा जाम बनाएर बिक्री वितरण गर्न सकिने बताउनुभयो । सुन्तलाको रस, चिनी र कागतीको रस प्रयोग गरी जाम बनाउन सकिने र सुन्तलाको बोक्रा, रस, चिनी र कागतीबाट मार्वलेट बनाउन सकिन्छ । यसै वडाबाट यस वर्ष किसानले एक करोड बराबरको सुन्तला बिक्री गरेका छन् । यहाँ उत्पादित सुन्तला काठमाडौँ, नारायणगढ, वीरगञ्जलगायतका ठाउँसम्म बिक्री हुने गरेको स्थानीय महिला सपना शाहीले बताउनुभयो । 

 

विगत पाँच वर्षदेखि हेफर इन्टरनेशनल र नेपाल एकीकृत ग्रामीण विकास केन्द्रको साझेदारीमा सञ्चालित परियोजनाले महिलालाई उद्यमी बन्न र जागरुक बन्न उत्प्रेरणा जगाएको स्थानीय कृष्णकुमारी थापाले बताउनुभयो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement