Advertisement
Advertisement
Advertisement
Advertisement

बालिका भारत लैजान खोज्ने दुई युवा पक्राउ

  |      11:27:00   |  
वेब तस्विर
वेब तस्विर

पुस ८, बेत्रावती ।  दुई नाबालिकालाई फकाएर भारततर्फ बिक्रीका लागि लैजाँदै गर्दा प्रहरीले नुवाकोटका दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तादी गाउँपालिका–२ का कान्छा तामाङ र बुद्धिमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार नुवाकोटको दुर्गम क्षेत्रमा पर्ने गाउँका दुई नाबालिकालाई भारतमा राम्रो काम लगाइदिने भनेर त्यसतर्फ लैजाँदै गर्दा जिल्लाको तादी गाउँपालिका–५ बाहुनबेँसीबाट नियन्त्रणमा लिइएको हो । 

 

उनीहरूलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको र सहयोग पुर््याउने अन्यको समेत खोजी जारी राखेको प्रहरीले जनाएको छ । पक्राउ परेका ती दुईविरुद्ध आज जिल्ला अदालत नुवाकोटमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि हिरासतमा राख्न म्याद लिइने प्रहरीले जनाएको छ । पक्राउ परेका दुईविरुद्ध गत भदौ १८ गतेदेखि हराएका उर्लेनीका तीन किशोरीलाई पनि भारतमा लगेर बिक्री गरेको अभियोग उनीहरूका अभिभावकले लगाएका छन् । सो घटनामा उनीहरूको संलग्नता सम्बन्धमा प्रहरीले पीडित पक्षबाट उजुरी लिएर अनुसन्धान अघि बढाएको जनाएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement