Advertisement
Advertisement
Advertisement
Advertisement

बालविवाह विरुद्धको अभियानमा किशोरीहरु

  |      16:32:00   |  
वेब तस्विर
वेब तस्विर

 

– विनोद सिंह विष्ट 
 

माघ २, बैतडी । माघ  पाँच वर्ष अगाडि बैतडी सबैभन्दा बढी बालविवाह हुने पाँच जिल्ला भित्र पर्दथ्यो । बालविवाहका कारण समाजमा विभिन्न समस्या निम्तिन थालेपछि स्वयं किशोरीहरु यस कुरीति विरुद्धको अभियानमा सक्रिय भएर लागेका छन् । बालविवाहका कारण महिलाले थुप्रै किसिमका हिंसाहरु खेप्नुपरेको भन्दै बैतडीका किशोरीहरु बालविवाह विरुद्धको अभियानमा जुटेका हुन् । बालविवाह विरुद्ध आफूहरुले सामूहिक रुपमा अभियान चलाएको पञ्चेश्वर गाउँपालिका अमराडीका मञ्जु चन्दले बताउनुभयो । उहाँले भन्नुभयो “बालविवाह रोक्ने अभियान चलाएर हामीले गाउँमा अभिभावकसहितलाई सचेत पार्न थालेका छौं ।” 

 

कुसंस्कार, सामाजिक मर्यादा, कमजोर आर्थिक हैसियत लगायतका कारणले वर्षौंदेखि यहाँ बालविवाह हुँदै आएको छ । शिवनाथ गाउँपालिकाका सोनिया पार्कीले भन्नुभयो – “बालविवाह न्यूनीकरणका लागि पहिला आफैं सचेत हुने र पछि अरुलाई पनि सचेत पार्ने कार्यमा लागेका छौं ।” जिल्लाको पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा राष्ट्रसङ्घीय जनसङ्ख्या कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले बालविवाह विरुद्धको कार्यक्रम सञ्चालनमा ल्याएको छ । बालविवाह रोक्न किशोरीहरुलाई सक्षम बनाउन विभिन्न खालका तालीमसमेत दिने गरिएको छ । बालविवाहका नकारात्मक असरबारे चेतना जगाउने मात्रै नभएर उनीहरुलाई अर्थोपार्जनका क्रियाकलापमा समेत संलग्न गराउने नीति सरकारले लिएको छ । बालविवाह न्यूनीकरणका लागि बैतडीमा किशोरीहरुले आफैंले पहल थालेका छन् । जिल्लाका विभिन्न ठाउँमा गठन भएका किशोरी वृत्तमा आबद्ध भएर उनीहरु यस अभियानमा सक्रिय रुपमा सहभागी भइरहेका छन् । 


 

आफ्नो गाउँपालिकाका प्रत्येक वडामा किशोरी वृतमा आबद्ध किशोरीहरुले बालविवाह न्यूनीकरणका लागि प्रयास गरिरहेको शिवनाथ गाउँपालिकाकी धनेश्वरी महताले बताउनुभयो । महताका अनुसार उनीहरुले सडक नाटक लगायतका सचेतनामूलक कार्यक्रम गरेर अभिभावकलाई सचेत पार्ने काम गरिरहेका छन् । बालविवाहका कारण किशोरीहरुले विद्यालय छाड्नुपर्ने, छिट्टै बच्चा जन्माउनुपर्ने, स्वास्थ्यमा विभिन्न समस्याहरु आइपर्ने थाहा पाएपछि उनीहरुले गाउँमा पनि समूहमा सिकाउने काम गर्दैआएका छन् । पाटन नगरपालिकाका महिला विकास निरीक्षक बिष्ना भण्डारी छोरीहरु आफ्नो खुट्टामा उभिएपछि मात्रै विवाह गरिदिनुपर्ने सन्देशसहित अभियान सञ्चालन गर्नुपर्ने बताउनुहुन्छ । बैतडीका विभिन्न ग्रामीण भेगमा अझै पनि उमेर नपुगेका छोराछोरीको बिहे गरिदिने चलन कायमै छ । रेडक्रस सोसाइटी बैतडीका मन्त्री रमेशसिंह भण्डारीका अनुसार रेडक्रसले राष्ट्रसङ्घीय जनसङ्ख्या कोषसँग मिलेर बालविवाह न्यूनीकरणका लागि प्रयास गरिरहेको छ । सबैतिरबाट यस्तो प्रयास भइरहे पनि अपेक्षित नतीजा भने आएको छैन । मागेर हुने बालविवाह रोकिए पनि भागेर हुने बालविवाह चुनौतीको रुपमा रहिआएको छ । 

 

बैतडीमा ५७ वटा किशोरी वृतमा आवद्ध किशोरीहरु बालविवाह न्यूनीकरणका लागि सञ्चालित अभियानमा संलग्न छन् । वडा तहमा गठन गरिएका यस्ता वृत्तहरुको पहलमा एकसय भन्दा बढी बालविवाह रोकिएका राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिनुभयो बालिका दुलही होइनन् राष्ट्रिय सञ्जालले पाँच वर्ष अघि गरेको एक अध्ययन अनुसार बैतडीमा ५९।५ प्रतिशत बालविवाह हुने गरेको पाइएको थियो । 

बालविवाहका कारण किशोरीहरुले शिक्षा ग्रहण गर्न नपाउने र विविध खालका स्वास्थ्य समस्या झेल्नुपर्ने भएकाले आफूहरु बालविवाह न्यूनीकरण अभियानमा जुटेको चम्किलातारा किशोरी वृत रौलेश्वरका अध्यक्ष द्रोपती बिष्टले बताउनुभयो । बाल क्लब र किशोरी वृतहरुले दिने जानकारीका कारण आफूहरुलाई पनि बालविवाह न्यूनीकरणमा सहयोगमा पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीको भनाइ छ । बैतडीमा धामीझाँक्री पनि बालविवाह न्यूनीकरण अभियानमा लागेका छन् । पाटन नगरपालिकामा धामी झाँक्रीहरुले प्रतिष्ठित धामी समूह नै निर्माण गरेर बालविवाह विरुद्धको अभियानमा लागिरहेका छन् । प्रतिष्ठित धामी समूहका अध्यक्ष हरिप्रसाद जोशीले आफूहरु घरघरमा गएर अभिभावकलाई सम्झाउने काम गरिरहेको बताउनुभयो । 
बालविवाह रोक्न आफूहरु अहिले कार्ययोजना नै बनाएर विभिन्न गाउँ टोल जाने गरेको बालविवाह न्यूनीकरण समितिका सचिव भोजराज जोशीले बताउनुभयो । जिल्लाका विभिन्न स्थानमा बालविवाह न्यूनीकरणका लागि धामी, झाँक्री, ज्योतिष तथा पण्डितहरुको कार्यान्वयन समिति नै गठन गरिएका छन् । धामी झाँक्रीहरुको सक्रियताले अभियानमा सहयोग पुगेको ठानिएको छ । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement