Advertisement
Advertisement
Advertisement
Advertisement

बालविवाहले महिलाको स्वास्थ्यमा गम्भीर समस्या

  |      13:02:00   |  
वेब तस्विर
वेब तस्विर

– दुर्गा देवकोटा 
माघ २९,लम्की । कैलालीकी पार्वती धामीको १४ वर्षको उमेरमा विवाह भयो । त्यो बेला उनलाई विवाह एक रमाइलो खेल हो जस्तो मात्रै लागेको थियो । पन्ध्र वर्षको उमेरमा पहिलो सन्तान छोरी जन्मियो । त्यसपछि ३० वर्ष नपुग्दै उनका चार सन्तान भए । सुत्केरी अवस्थामा पोषिलो खानपान र स्याहारसुसार नपाएका कारण उनको स्वास्थ्यमा समस्या सिर्जना भयो । 

 

 

पार्वतीले ३५ वर्षकै उमेरमा पाठेघर फाल्नुपरेको घटना सुनाउँंदै भनिन् – “त्यो बेला सानैमा विवाह गरिदिए । सानै उमेरमा गर्भवती भएकै कारण मेरो पाठेघर फाल्नुप¥यो ।” त्यतिखेर पोषिलो खानेकुरा खान पाएको भए, विवाहपछि पनि विद्यालय पढ्न पाएको भए जीवन फरक हुन्थ्यो होला भन्ने उनलाई अहिले पनि लाग्छ । अहिले ४५ वर्ष पुगेकी पार्वतीले भनिन् – “कक्षा ७ मा पढ्र्रदा पढ्दै विवाह भयो । विवाह पछि पढ्न पाइएन ।” अहिले उनलाई कम्मर दुख्ने, आ“खा कम देख्ने, हातखुट्टा दुख्ने जस्ता समस्याले सताइरहन्छन् । नियमित काम पनि गर्न कठिन रहेको र औषधिको सहारामा बाँचेरहेको उनी बताउँछिन् । 

 

 

लम्कीकी धना जैसीको पनि महिनावारी नहुँदै १३ वर्षको उमेरमा विवाह भएको थियो । धना १३ वर्षकी हुँदा उनका श्रीमान् रघुनाथ जैसी १५ वर्षका थिए । विवाह लगत्तै धना गर्भवती भइन् । त्यसपछि उनका श्रीमान् रघुनाथ धन कमाउन भारत गए । भारतमा उनले गाडी चालकको काम गर्थे । वर्षमा एकपटक घर आउँथे । धनाले लगातार नौ बच्चा जन्माइन् । पाँच बच्चाको स्याहार र उपचार नपाएर बाँचेनन् । उनका चार बच्चाले राम्ररी पढ्न लेख्न पाएनन् । उनले भनिन् – “श्रीमान्को कमाइले घर चलाउनै धौधौ भयो । कसरी छोराछोरी विद्यालय पठाउनु रु वरिपरिका हुनेखाने परिवारका बच्चाहरु त पढ्न जान्थे । मेरा केटाकेटीले त पेटभरि खान पनि पाएनन् ।” 

 

 

जोशीपुरकी रमिला चौधरीले विद्यालय पढ्दा पढदै प्रेम गरेर १५ वर्षमै भागी विवाह गरिन् । विवाह भएको डेढ वर्षमै छोरी जन्मिइन् । रमिला भन्छिन् – “परिपक्व उमेर नभएरै बच्चा जन्माएका कारण त्यसपछि गर्भ रहन सकेन । निरन्तर रक्तस्राव हुन थाल्यो । उपचारका लागि भारतको बरेली गयौं । डाक्टरले पाठेघर फाल्न सल्लाह दिए ।” उनी अगाडि भन्छिन् – “मेरो त आ“खा अगाडि पूरै अँध्यारो भयो । पाठेघर नफाले क्यान्सर हुनसक्ने भनेपछि २१ वर्षकै उमेरमा पाठेघर फालेर आएँ ।” त्यसपछि रमिलाका श्रीमान् उनीसँग रमाउन छोडे । उनले छोरा चाहिन्छ भन्दै अर्को विवाह गरे । उनी भन्छिन् – “पढ्ने समयमा पढिनँ । अब केही काम गर्न पनि सक्दिनँ । छोरा जन्माउन पनि नसक्ने भएपछि श्रीमान्को निर्णय स्वीकार गरें । अहिले सहेर बसेकी छु । सानै उमेरमा गरेको विवाह अभिशाप भएको छ ।” 

 

 

कलिलै उमेरमा विवाह गरेका कारण सुदूरपश्चिममा यस्ता थुप्रै महिलाको जीवन दुःखदायी भएको छ । अहिले पनि सुदूरपश्चिममा बालविवाह हुने गरेको छ । बालविवाहका कारण पुरुषलाई आर्थिक भार बढ्न पुग्छ भने महिलाको शारीरिक, मानसिक विकास अवरुद्ध हुन जान्छ । अझ महिलाको स्वास्थ्यमा गम्भीर समस्या सिर्जना हुने गरेको छ । बालविवाहका कारण किशोरी र बच्चाको अकालमा ज्यान समेत जाने गरेको छ । 

 

 

अधिकारकर्मी कल्पना उपाध्याय सानै उमेरमा विवाह गर्दा महिलालाई शारीरिक, आर्थिक सबैखाले समस्या हुने गरेको बताउँछिन् । उनका अनुसार अझ सुत्केरी अवस्थामै गरुङगो भारी बोक्नुपर्ने, दैनिक काममा जोतिनुपर्ने जस्ता समस्याले स्वास्थ्यमा गम्भीर समस्या हुने गरेको छ । उपाध्याय भन्छिन् – “सानै उमेरमा गरिने विवाहका कारण विद्यालय छाड्नु परेको छ । शारीरिक र मानसिक अवस्थामा परिपक्व नहुँदै घरपरिवार र बच्चाको जिम्मेवारी उठाउनु परेको छ । यसकारण उनीहरुका बालबालिकासमेत आधारभूत अधिकार उपभोग गर्नबाट वञ्चित भइरहेका छन् ।” 

 

 

अर्का अधिकारकर्मी कमला केसी बालविवाहले महिलामाथि हिंसा बढाइरहेको बताउँछिन् । केसी भन्छिन् – “शिक्षा र रोजगारी नभएका कारण महिलामाथि थप हिंसा भइरहेको छ ।” कानूनले तोकेअनुसार २० वर्ष उमेर पुगेपछि मात्र किशोरकिशोरीहरु शारीरिक र मानसिक रुपमा परिपक्व हुन्छन् । उनीहरुमा हरेक किसिमको निर्णय लिन सक्ने क्षमताको विकास त्यसपछि मात्र हुने गर्छ । उमेर नपुग्दै विवाह गर्दा महिलामा मानसिक, शारीरिक, आर्थिक सबै खाले समस्या हुने गरेको टीकापुर अस्पतालका सिनियर स्टाफ नर्स कल्पना खड्काले बताइन् । 

 

 

बालविवाह अन्त्यका लागि थुप्रै कानूनी तथा नीतिगत प्रावधानहरु बनेका छन् । सविधानले कानून विपरीत कार्य गर्नेलाई सजाय गरी पीडितलाई क्षतिपूर्तिको व्यवस्था पनि गरेको छ । बालविवाह न्यूनीकरणका लागि थुप्रै सङ्घसंस्थाहरु लागिपरेका भए पनि बालविवाह हुने क्रम नरोकिएको सिनियर अहेब शकुन्तला रोकाया बताउँछिन् । रोकायाका अनुसार स्वास्थ्य संस्थामा अहिले पनि सुत्केरी हुने ३० प्रतिशत आमाहरु २० वर्षमुनिका रहेका छन् । 

 

 

नेपालको कानूनअनुसार २० वर्ष उमेरभन्दा अगाडि गरिने विवाह बालविवाह हो । उमेर नपुगी भएको विवाहलाई गैरकानूनी र दण्डनीय कार्यका रुपमा परिभाषित गरिएको छ तर, समाजमा अझै पनि बालविवाहको अभ्यास हँुदै आएको छ । युनिसेफले सन् २०१६ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा ३७ प्रतिशतले १८ वर्ष उमेर नपुग्दै र १० प्रतिशतले १५ वर्ष नपुग्दै विवाह गर्ने गरेका छन् । बालविवाह उच्च हुने दक्षिण एशियाली देशहरुमध्ये नेपाल तेस्रो स्थानमा पर्छ । नेपालको अन्य ठाउँको तुलनामा सुदूरपश्चिम प्रदेशमा बालविवाह बढी हुने गर्दछ । विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनअनुसार अहिले पनि नेपालमा वार्षिक १३ हजारको हाराहारीमा बालविवाह हुने गरेका छन् । नेपालले सन् २०२० भित्र बालविवाह अन्त्यका लागि सार्थक प्रयास गर्ने र दिगो विकास लक्ष्य अनुरुप सन् २०३० भित्र बालविवाह अन्त्य गर्ने सहमतिपत्रमा हस्ताक्षर पनि गरेको छ । 
 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement