Advertisement
Advertisement
Advertisement
Advertisement

बाढी पहिरोले दश करोडको क्षति

  |      17:57:00   |  
बाढी पहिरोले दश करोडको क्षति

भदौ १७, नुवाकोट। चालु आर्थिक वर्षको पहिलो डेढ महिनामा बाढी पहिरोबाट नुवाकोटमा रु दश करोड भन्दा बढीको भौतिक संरचना एवं कृषि उब्जनीको क्षति भएको छ । 

 

जिल्लास्थित सम्बन्धित विषयगत कार्यालयले तयार गरेको क्षतिको प्रारम्भिक तथ्यको आधारमा तयार गरिएको एकिकृत प्रतिवेदनअनुसार कृषि उब्जनी एवं जोखिमको बस्तीको सुरक्षा, पशु, खानेपानी, सिँचाइ, झोलुंगे पुल, पानीघट्टलगायतमा पुगेको क्षतिको पुनःनिर्माणमा रु दश करोड लाग्ने देखिएको हो । 

 

जिल्ला दैवीप्रकोप उद्धार समितिले तयार गरेको तथ्यांकमा नुवाकोटमा यो आर्थिक वर्ष साउन १–भदौ १५ सम्म०को डेढ महिनाको अवधिमा ३९२ घरधुरी किसानको ४७ हेक्टर जमिनमा लगाएको अन्नबाली पूर्णरुपमा क्षति पुगेको समितिका अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले जानकारी दिनुभयो । 

 

बाढी पहिरोबाट जिल्लाको विभिन्न ठाउँमा किसानले लगाएको अन्नबाली पहिरोले बगाएको तथा पुरिएर नोक्सान हुँदा रु ६८ लाख ९० हजारको क्षति भएको छ । प्रजिअ बरालकाअनुसार पशुतर्फ तीन घरधुरी किसानको तीन गोठमा क्षति पुगेको, खानेपानीतर्फ १८ वटा योजना क्षतिग्रस्त हुँदा रु ७२ लाख ७५ हजार क्षति पुगेको छ । 

 

बाढी पहिरोले ओखरबौबा मावि र भेडाबारी मावि भदु्रटार उच्च जोखिममा पुगेको, विभिन्न स्थानमा रहेका तीन घरधुरी परिवारलाई तत्कालै अन्यत्र सार्नुपर्ने र बागेश्वरीको कटुञ्जेका ४२ धरधुरी परिवारलाई सुरक्षित स्थानमा आवास निर्माणको व्यवस्था गर्नुपर्ने, बेत्रावतीको झोलंगे पुलमा क्षति पुगेको र बस्तीसमेत जोखिममा परेको र तीन स्थानमा सञ्चालित निजी पानीघट्ट बगाएको छ । 

 

जिल्लाको विभिन्न स्थानमा रहेका ग्रामीण सडकमा क्षति पुगेकाले त्यसको पुनःनिर्माण एवं मर्मतका लागि रु ३८ लाख खर्च हुने, बाढी पहिरोबाट क्षतिग्रस्त बनेका १५ वटा सिँचाइ कुलोकोे मर्मतका लागि रु ५३ लाख २२ हजार खर्च हुने विषयगत कार्यालयसँगको समन्वयमा तयार गरिएको प्रतिवेदनमा उल्लेख छ । 

ँविपत्ले पुर्‍याएको क्षतिको विषयगत कार्यालयलाई पुनःनिर्माण एवं सुरक्षित स्थानको सुनिश्चित गर्न निर्देशन दिएको छु ।” प्रजिअ बरालले भन्नुभयो, ँजिल्लास्थित कार्यालयमा बजेटको अभाव र नीति तथा कार्यक्रम नहुँदा केन्द्रसँग समन्वय गर्नुपर्ने समेत देखिएको छ ।” 

 

बाढीले पुगेको क्षतिको लगत संकलनसहित तयार गरेको प्रतिवेदनको विश्लेषण गरी जोखिमको बस्तीलाई स्थान्तरण, कटानमा परेका जमिन सुरक्षित, पीडित भएका किसानलाई राहत उपलब्ध गराउन पहल गर्ने समितिले जनाएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement