फागुन १२, जुम्ला । तिला गाउँपालिका–३ स्यालालुम सेराका ३० वर्षीय मिथुन भट्टराईलाई बहुविवाह गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
दिग्तेल नगरपालिका–४ खोटाङकी ३५ वर्षीया अमृता रायमाझीलाई बहुविवाह गरेको आरोपमा प्रहरीले काठमाडौँको नागढुङ्गामा पक्राउ गरी शनिबार जुम्ला ल्याएको हो । पीडित २८ वर्षीया पुष्पा भट्टराईले पतिले बहुविवाह गरेको आरोपमा गत माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरीले खोजतलास गर्दा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सीताराम सिञ्जाले बताउनुभयो ।