पुस २४,बर्दिया । बालिका बलात्कार गरेको आरोपमा मुद्दा चलाइएका यहाँका एक व्यक्तिलाई अदालतले कैद सजाय तोकेको छ । गुलरिया नगरपालिका–१० का १८ वर्षीय काशिम पठानलाई छ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा जिल्ला अदालतका न्यायाधीश किरणकुमार पोख्रेलको एकल इजलासले आज पाँच वर्ष ६ महीना कैद सजाय तोकेको हो । बालिकालाई गत वैशाख २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पठानविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएको थियो । प्रहरीले घटनाका आरोपितलाई गत वैशाख २९ गते गिरफ्तार गरेकामा अदालतको आदेशअनुसार गत जेठ २१ गते पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।