Advertisement
Advertisement
Advertisement
Advertisement

बर्थिङ सेन्टर - गर्भवतीलाई राहत

  |      14:46:00   |  
वेब तस्विर
वेब तस्विर

पुस २४,   भद्रपुर । झापा गाउँपालिकामा रहेको बर्थिङ सेन्टरले चालू आर्थिक वर्षको छ महीनामा २१ महिलालाई प्रसूति गराउन सफल भएको छ । छ महीना अघि गाउँपालिकाकै स्वास्थ्यचौकीको एउटा कोठाबाट सेवा दिन शुरु गरेको सेन्टरले २१ को प्रसूति गराएको हो । झापाकै दुर्गम पालिकाका रूपमा रहेको झापा गाउँपालिकाले गर्भवती महिलाको स्वास्थ्य जाँच गर्न र प्रसूति गराउन दमकको आम्दा अस्पताल र भद्रपुरको मेची अञ्चल अस्पताल पुग्न बाध्य जनतालाई राहत प्रदान गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक लक्ष्मण विश्वकर्माले बताउनुभयो । 

 

मुस्लिम र आदिवासी बाहुल्य बसोवास रहेको पालिकामा बर्थिङ सेन्टर सञ्चालनसँगै स्वास्थ जाँचका लागि आउने गर्भवतीको सङ्ख्या पनि बढेको संयोजक विश्वकर्माको भनाइ छ । पालिकाका अध्यक्ष जयनारायण साहले बर्थिङ सेन्टर सञ्चालनका लागि भवन नहुँदा समस्या भइरहेको बताउनुभयो । उहाँले भवन निर्माणका लागि गाउँपालिकाले जग्गा दिने दाताको खोजी गरिरहेको बताउनुभयो । “जग्गाको खोजीमा छौँ” अध्यक्ष साहले भन्नुभयो, “भवन बनाउन कारितास नेपालले सहयोग गर्ने भएको छ ।” उहाँले यसअघि स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर नहुँदा यहाँका महिलालाई घरमा नै प्रसूति हुन बाध्यता रहेको बताउँदै भन्नुभयो, “यसले प्रसूतिका क्रममा अकालमै मृत्यु हुनबाट महिलालाई जोगाएको छ ।” अध्यक्ष साहले सेन्टरमा सुत्केरी हुने महिलालाई सरकारले प्रदान गर्दै आएको सुत्केरी यातायात खर्चमा रु एक हजार थपेर दिने गरेको बताउनुभयो । चौबिसै घण्टा सेवा प्रदान गर्दै आएको सेन्टरमा दुई अनमी र एक अहेब छन् । बर्थिङ सेन्टरमा कर्मचारी अपुग हुँदा काम गर्न समस्या भइरहेको अहेब कमल प्रसाईंले बताउनुभयो । 

 

“प्रसूति गराउनु पूर्व गर्भवतीको रगत जाँच गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “ल्याब नहुँदा समस्या भइरहेको छ । गर्भवतीको अवस्था हेरेर आम्दा र मेची अञ्चल अस्पतालमा सिफारिश गर्ने गरेका छौँ ।” बर्थिङ सेन्टरको स्थापनासँगै मुस्लिम महिलासमेत गर्भ जाँच र प्रसूतिका लागि आउने गरेको उहाँको भनाइ छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement