मंसिर २९, काठमाडौं ।नेपाली बजारमा ३०० रुपैयाँ सुनको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुन प्रतितोला १ लाख १९ हजार १००रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन बिहीबार प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदी भने यो दिन तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ४७० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, शुक्रबार अन्तरराष्ट्रिय बजारमा पनि सुनको भाउ बढेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २ हजार ३५ डलर रहेको छ ।