Advertisement
Advertisement
Advertisement
Advertisement

शल्यक्रियामार्फत सन्तान जन्माउने महिलाको शरीरमा नकारात्मक असर
बढ्दैछ शल्यक्रिया–बाध्यता कि रहर !

  |      20:41:00   |  
वेब तस्विर
वेब तस्विर

►सञ्चिता घिमिरे 

माघ २७, ललितपुर । सानेपाकी सरिता ढकाल गर्भवती भएदेखि नै स्वास्थ्यमा समस्या नआएकाले सन्तानलाई सामान्य रुपमा जन्म दिनेमा ढुक्क हुनुहुन्थ्यो । महिनैपिच्छे पाटन अस्पतालमा जचाउँदा चिकित्सकले आमा र शिशु दुवैको अवस्था राम्रो रहेको जानकारी दिने गरेको उहाँ बताउनुहुन्छ। 

 

नौ महिना लाग्नासाथ जाँच गराउन जाँदा एक्कासि बच्चाको धड्कन बढेको भन्दै चिकित्सकले शल्यक्रियाको सुझाव दिए । ढकाल परिवारले अघिल्लो महीनासम्म ‘सामान्य अवस्था छ’ भन्दै अन्तिममा शल्यक्रिया गरेको भन्दै चिकित्सकसँग प्रश्न गरे । 

 

चिकित्सकले पहिले आमा र शिशुको  अवस्था सामान्य भए पनि एकैपटक समस्या देखिएकाले सामान्य रुपमा सन्तान जन्मन नसकेको बताए । शिशु दुई साता शिशु स्याहार एकाइ ९सिसियु० मा उपचार गराएर आमा र सन्तान गत साता घर फकिएका छन् । 

 

ढकाल मात्रै होइन काठमाडौँका ठूला अस्पतालमा प्रसूति सेवा लिन पुगेकामध्ये धेरैले शल्यक्रियाबाट नै सन्तानलाई जन्म दिइरहेका छन् । विश्व स्वास्थ्य सङ्गठनले प्रसूति सेवा लिन आउने कूल महिलामध्ये १५ प्रतिशतको मात्रै शल्यक्रिया हुने मापदण्ड तय गरेको छ । 

 

अस्पतालले गर्भवती र उनको परिवारले नै शल्यक्रियामार्फत सन्तानलाई जन्म दिन चाहेको बताउने गरेको छ । महिला भने चिकित्सकले शल्यक्रिया नगरी हुँदैन भनेकाले आफू बाध्य भएको बताउँछन् । 

 

भक्तपुरकी कमला नेपालले पनि पाँच महिना पहिले शल्यक्रियाबाट नै सन्तानलाई जन्म दिनुभयो । पाटन अस्पतालमा नै झण्डै दुई दिनसम्मको प्रसव पीडापछि चिकित्सकले सन्तानलाई असर पर्ने भन्दै शल्यक्रियाको सुझाव दिएको उहाँले बताउनुभयो । पहिले शल्यक्रियाका लागि तयार नभए पनि सन्तानलाई नकारात्मक असर पर्छ भनेपछि बाध्य भएको उहाँले बताउनुभयो । 

 

सरिता र कमला जस्तै धेरै महिला रहर वा बाध्यताले गर्दा शल्यक्रियामार्फत सन्तानलाई जन्म दिइरहेका छन् । प्रसूति सेवामा एक दशक पहिलेसम्म आक्कलझुक्कल मात्रै शल्यक्रिया हुनेमा अहिले यो क्रम ह्वात्तै बढेको छ । 

 

महिला अस्पतालले शल्यक्रिया नै गर्नुपर्ने अवस्था देखाएको बताउँछन् । अस्पतालले भने महिला आफैँ शल्यक्रियाबाटै सन्तानलाई जन्म दिने सोचेरै आउने बताउँछन् । 

 

पाटन अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा पवनकुमार शर्माले अधिकांश बिरामीको चाहनाका कारण प्रसूति सेवामा शल्यक्रिया बढेको बताउनुभयो । समाज परिवर्तन हुँदै जाँदा एकातिर देखासिकी गरेर शल्यक्रिया गर्ने बढेका छन् भने अर्कातिर पीडा नै सहन नचाहने महिला धेरै रहेको उहाँको अनुभव छ । उहाँले भन्नुभयो, “ज्योतिषी देखाएर फलानो दिन र फलानो चिकित्सकसँग नै शल्यक्रिया गराउँछु भन्नेको समेत सङ्ख्या दिनानुदिन बढ्दैछ ।” 

 

पाटन अस्पतालमा धेरै जिल्लाका साना स्वास्थ्य संस्थाबाट सिफारिस भएर आएका बिरामीको चाप धेरै भएको स्त्रीरोग विशेषज्ञ डा शर्माले बताउनुभयो । देशभरका विभिन्न जिल्लाबाट जटिलखालका समस्या सिफारिस भएर आउने हुँदा ठूला अस्पतालमा शल्यक्रियाको दर बढी भएको उहाँले बताउनुभयो । 

 

बिरामीको उपचारका क्रममा केही समस्या देखिएमा वा बिरामीका आफन्त उपचार सेवामा सन्तुष्ट हुन नसक्दा अस्पताल र चिकित्सकलाई आक्रमण गर्ने हुनाले पनि चिकित्सक जोखिम लिन डराउने उहाँले बताउनुभयो । कानूनी व्यवस्थाका कारण पनि चिकित्सकले जोखिम लिनुभन्दा शल्यक्रिया चाँडो गर्ने गरेको उहाँले औँलाउनुभयो । उहाँले भन्नुभयो, “कानूनी व्यवस्थाले चिकित्सकलाई असुरक्षित गरेकाले पनि उनीहरु जोखिम लिन चाहँदैनन् ।” 

 

सन्तानलाई जन्म दिँदा सामान्य भन्दा शल्यक्रिया गराउने क्रम बढिरहे पनि यो राम्रो नभएको अस्पतालले बताएको छ । शल्यक्रियामार्फत सन्तानलाई जन्म दिँदा त्यसले महिलालाई दीर्घकालीन रुपमा धेरैखालका नकारात्मक असर गर्ने डा शर्माले बताउनुभयो । 

 

घाउ पाक्ने वा दुख्ने हुन सक्ने भन्दै धेरै दिनसम्म बिरामीलाई अस्पतालले त्यही राखेर उपचार गर्ने गरेको अस्पतालले बताएको छ । सामान्य रुपमा सन्तान जन्माएकी महिला त्यही दिन वा भोलिपल्ट घर फर्कने भए पनि शल्यक्रियाका बिरामीलाई हेरचाहका लागि एक सातासम्म अस्पतालमा राख्नुपर्ने उहाँले बताउनुभयो । 

 

दीर्घकालीन रुपमा पनि एक पटक लागेको घाउ पूरै निको हुन गाह्रो हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसैले पनि हामी शल्यक्रिया गरिदिनु भन्दै आउने बिरामीलाई नगरी नहुने अवस्थामा बाहेक नगर्न भन्ने गरेका छौँ ।” 

 

पाटन अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्मा एकाथरी महिलामा सन्तान गर्भमा आएदेखि नै शल्यक्रियाको योजना बनाउने गरेको बताउनुभयो । शल्यक्रिया गर्न पाउनु आफ्नो अधिकार हो भन्दै धेरै महिला अस्पताल पुग्ने गरेका छन् । 

 

उहाँले भन्नुभयो, “आममहिलालाई शल्यक्रियाका कारण शरीरमा हुने नकारात्मक असर बुझाउन खाँचो छ ।” पाटन अस्पतालको केही वर्षदेखिको तथ्याङ्कले प्रसूति सेवामा सामान्यभन्दा शल्यक्रिया बढि देखाएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement