Advertisement
Advertisement
Advertisement
Advertisement

फोहर फाल्नेलाई जरिवाना

  |      10:20:00   |  
वेब तस्विर
वेब तस्विर

माघ १०,  दमौली ।  तनहुँको व्यास नगरपालिकाले बजार क्षेत्रभित्र जथाभावी फोहर फाल्नेलाई कारवाही गर्ने भएको छ । स्वच्छ र हराभरा नगरपालिका बनाउने उद्देश्यसहित नगरपालिकाले जथाभावी फोहर फाल्नेलाई कारवाही गर्ने जनाएको हो । बजार क्षेत्रमा फोहरजन्य वस्तु र प्लाष्टिकको पोका फाल्नेलाई रु पाँच हजारसम्म जरिवाना गर्ने नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

 

 

उहाँका अनुसार पहिलो पटक अटेर गरी फोहर फाल्नेलाई रु पाँच सय, दोस्रो पटक फोहर फाल्नेलाई रु एक हजार र तेस्रो पटक फोहर फाल्नेलाई रु पाँच हजार जरिवाना गरिनेछ । प्रवक्ता श्रेष्ठले भन्नुभयो, “फोहरमैला वर्गीकरण नगरी हेलचक्र्याईँ गरेमा फोहरमैला व्यवस्थापन ऐन २०७४ बमोजिम दण्ड जरिवाना गरिनेछ ।” 

 

 

कुहिने, नकुहिने र अस्पतालजन्य एवं विषादीयुक्त फोहरलाई छुट्टाछुट्टै राखी निर्धारित मिति र समयमा फोहरमैला सङ्कलनका लागि आउने नगरपालिकाको साधनमा राख्न नगरवासीलाई आग्रह गरिएको छ । नगरपालिकाले कुहिने र नकुहिने फोहर सङ्कलनका लागि दैनिक तालिका बनाएको छ । 

 

 

डुम्रे बजारमा सिसी क्यामरा 

तनहुँ उद्योग वाणिज्य सङ्घ डुम्रे बजार एकाइले बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारमा सिसी क्यामरा जडान गरेको छ । बजार क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यसहित एकाइले १२ सिसी क्यामरा जडान गरिएको र थप चार क्यामरा जडान गरिने सचिव राम जोशीले जानकारी दिनुभयो । बन्दीपुर गाउँपालिका, बैंक तथा वित्तीय सङ्घसंस्था, बजार एकाइ र विभिन्न व्यावसायिक सङ्घ संस्थाको रु सात लाखको सहयोगमा जडान गरिएको सिसी क्यामराको परिचालन डुम्रे इलाका प्रहरी कार्यालयले गर्नेछ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement