Advertisement
Advertisement
Advertisement
Advertisement

प्रभावकारी बन्दै सुत्केरी प्रोत्साहन भत्ता, मातृृशिशु मृत्युदर घट्यो

  |      13:08:00   |  
प्रभावकारी बन्दै सुत्केरी प्रोत्साहन भत्ता, मातृृशिशु मृत्युदर घट्यो

मङ्सिर २७, दाङ,  तुलसीपुर उपमहानगरपालिकाले सुरक्षित मातृशिशु कार्यक्रमअन्तर्गत शुरु गरेको सुत्केरी प्रोत्साहन भत्ता यस आर्थिक वर्षको हालसम्म ३५७ सुत्केरीले प्राप्त गर्ने सफल भएका छन् । 

 

उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चिकित्सक गोकर्ण दाहालले दिनुभएको जानकारीअनुसार सो सुविधा प्राप्त गर्नका लागि उपमहानगरपालिकाको स्थायी बासिन्दा हुनुपर्ने, चार पटक अस्पतालमा गई गर्भ जाँच गराउनु पर्ने, सरकारी अस्पतालमा सुत्केरी भएर बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गरेको हुनुपर्ने, सुत्केरी भएर २४ घण्टा, तीन दिन र सात दिनभित्र स्वास्थ्य संस्थामा गई जाँच गराएको हुनुपर्नेलगायतका प्रावधान रहेका छन् । 

 

उहाँले ती सबै प्रक्रिया पुगेर आएका सुत्केरीलाई सरकारबाट प्रदान गरिने रु एक हजार ८०० मा उपमहानगरपालिकाले रु तीन हजार २०० थप गरेर प्रति सुत्केरीलाई रु पाँच हजार भत्ता प्रदान गर्ने गरेको बताउनुभयो । उपमहानगरपालिकाले सुत्केरी भत्ता वितरण गर्न थालेपछि अहिले नियमित गर्भ जाँच र अस्पतालमा सुत्केरी गराउने सङ्ख्या बढेको पनि डा दाहालले बताउनुभयो । 

 

उहाँले सुत्केरी भत्ताका कारणले पनि महिला नियमित स्वास्थ्य जाँच गराउन जाने गरेको पनि बताउनुभयो । गत आवमा उपमहानगरपालिकाबाट एक हजार ५०५ महिलाले सुत्केरी प्रोत्साहन भत्ता प्राप्त गरेका थिए । डा दाहालले गत वर्ष एक हजार ५०५ सुत्केरीलाई सरकारले प्रदान गर्दै आएको प्रतिसुत्केरी रु ९०० मा रु चार हजार १०० उपमहानगरपालिकाले थप गरेर रु ५६ लाख सुत्केरी प्रोत्साहन भत्ता वितरण गरेको बताउनुभयो । 

 

उपमहानगरपालिकाले सुत्केरी प्रोत्साहन भत्ता वितरण गर्न थालेपछि गत सालबाट नै मातृशिशु मृत्युदरमा कमी आएको डा दाहालको भनाइ छ । उहाँका अनुसार आव २०७४र७५ मा नेपालको मातृशिशु मृत्युदर प्रतिलाख २३९ रहेकोमा उपमहानगरपालिकाको मातृशिशु मृत्युदर प्रतिलाख ४५ रहेको छ । “यो वर्ष अझै पनि कम हुने हाम्रो अपेक्षा रहेको छ ।” दाहालले भन्नुभयो । 

 

उपमहानगरपालिकाले मातृशिशु मृत्युदर कम गर्न सुत्केरी प्रोत्साहन भत्ता दिने कार्यक्रम अगाडि सारेको नगर प्रमुख घनश्याम पाण्डेले बताउनुभयो । उहाँले कार्यक्रम फलदायी भएको बताउँदै निम्नवर्गका परिवारका लागि पोषिले खानेकुरा खाने र न्यानो लुगा लगाउने काममा पैसा खर्च हुने गरेको समेत बताउनुभयो । “सरकारले प्रदान गर्ने भत्तामा हामीले थप गरेर एकमुष्ट रु पाँच हजार दिने गरेका छौँ”, पाण्डेले भन्नुभयो, “आमा र बच्चाको स्वास्थ्य ठीक होस् भनेर हामीले यस्तो गरेका हौँ ।” 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement