Advertisement
Advertisement
Advertisement
Advertisement

पूर्व मिस नेपालसहित ३ सयबढीलाई राष्ट्रपतिबाट विद्यापदक प्रदान

  |      19:13:00   |  
पूर्व मिस नेपालसहित ३ सयबढीलाई राष्ट्रपतिबाट विद्यापदक प्रदान

भदौ २३, काठमाडौँ  । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३८औँं राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यार्थीलाई विभिन्न विद्यापदक प्रदान गरेका छन् । 

 

राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको कार्यक्रममा उनले नेपाल विद्याभूषण पदक ‘क’बाट २१५ जना, ‘ख’बाट ८२ जना, ‘ग’बाट २८ जना, स्नातक तहको नेपाल छात्र विद्यापदक २३ जना र प्रमाणपत्र तहको नेपाल छात्र विद्यापदक तीन जनालाई प्रदान गरेकी हुन्। 

 

सो अवसरमा राष्ट्रपति भण्डारीले पदक पाउनेले आफ्नो आर्जित ज्ञान र विद्धतालाई सामाजिक, आर्थिक समृद्धिमा प्रयोग गर्ने विश्वास व्यक्त गरिन् । 

देश विकासको आधार स्तरीय शिक्षा भएको बताउँदै उनले भनिन्,–“शिक्षाले सामाजिक, आर्थिक र राजनीति रुपमा जागरुक नागरिक तयार गर्छ भने आर्थिक रुपमा सक्षम हुने वातावरणसमेत सिर्जना गर्छ ।” 

 

राष्ट्रपति भण्डारीले सदियौँदेखि अभ्यासमा रहेको पूर्वीय ज्ञानलाई संरक्षण र संवद्र्धन गर्दै समयानुकूल आधुनिक ज्ञानको माध्यमबाट समग्र शिक्षा पद्दतिलाई वैज्ञानिक ढंगको बनाउन आवश्यक रहेकोमा जोड दिइन्। 

उच्च शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिँदै उनले प्राविधिक विषयमा नेपालमा विश्वस्तरीय शिक्षा प्रदान गर्ने वातावरण बन्नु खुशीको कुरा हो भनिन् । 

 

राष्ट्रपति भण्डारीले संविधानमा आधारभूत शिक्षाको पहुँचलाई निःशुल्क र अनिवार्य तथा माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गर्ने व्यवस्था राख्नु खुशीको कुरा भएको बताउँदै भूकम्प, बाढीपहिरोबाट क्षतिग्रस्त शैक्षिक संस्थाको पुनःनिर्माणलाई तीव्रता दिई सबैले सहज रुपमा शिक्षाआर्जन गर्ने वातावरण बनाउन सम्बन्धीत सबैमा आग्रह गरिन् । 

“शिक्षा आर्जन गर्न विदशेमा जान रमाउने, हासिल गरेको सीप, दक्षता, अनुभव र शिक्षा पनि विदेशमै समर्पित गर्ने प्रवृत्ति युवाको एउटा पंक्तिमा देखिएको छ, यो हाम्रो सामु देखिएको एउटा चुनौती हो, यसलाई दीर्घकालीन रुपमै समाधान गर्नका लागि शिक्षा क्षेत्रका सरोकारवाला र नीति निर्माताले समयमै सचेत हुनुपर्छ,” उनले भनिन्। 

 

राष्ट्रपति भण्डारीले संविधान जारी भई अहिले मुलुक स्थानीय तहको अन्तिमचरणको निर्वाचन सम्पन्न गर्ने अन्तिम घडीमा रहेको तथा प्रदेश र संघको निर्वाचनको मिति घोषणा भई त्यसको तयारीमा जुटेको उल्लेख गर्दै यी निर्वाचनले राज्य सञ्चालनका लागि संवैधानिक र कानूनी व्यवस्थालाई थप संस्थागत र सुदृढ गर्ने विश्वास व्यक्त गरिन् । 

सामाजिक न्याय र समानतामा आधारित समाजवाद उन्मुख समृद्ध नेपाल निर्माण अहिलको प्रमुख कार्यभार रहेको बताउँदै उनले विकासोन्मुख मुलुकबाट नेपाललाई विकासित राष्ट्रमा लैजानु आजको आवश्यकता रहेको बताइन् । 

 

कार्यक्रममा उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले देश विकासका लागि शिक्षा पहिलो खुड्किलो भएकोले सबै शिक्षित भए मात्रै देश विकास सम्भव रहेको बताए । 

 

अहिलको शिक्षा पद्दतिलाई परिमार्जन गर्दै स्थानीयकरण, आधुनिकीकरण र विविधिकरण बनाउँदै लैजानुपर्नेमा उनले जोड दिए। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement