Advertisement
Advertisement
Advertisement
Advertisement

पुण्य कमाउने नाममा महीनावारी नहुँदै विवाह

  |      15:06:00   |  
वेब तस्विर
वेब तस्विर

पुस १९, डोटी ।    सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीका ग्रामीण क्षेत्रमा बालविवाहले विकराल रुप लिँदै आएको छ । सानै उमेरमा छोरीको विवाह गरे छोरीको भविष्य बिग्रिन्छ भन्ने जान्दाजान्दै पनि यहाँका स्थानीयवासी बालविवाह रोक्नुको साटो झन् फैलाउन लागिपरेका छन् । सानै उमेर अर्थात् महीनावारी नहुँदै छोरीको विवाह कन्यादान गरे पुण्य प्राप्त हुन्छ भन्ने अन्धविश्वासका कारण यहाँका स्थानीयवासी सानै उमेरमा छोरीको विवाह गराउने गरेको केआइसिंह गाउँपालिका–५ जमलकटियाका स्थानीयवासी चेतराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “महीनावारी नहुँदै छोरीको कन्यादान गरे ठूलै पुण्य प्राप्त हुन्छ भन्ने अन्धविश्वासले बालविवाह बढ्दै गयो, रोक्न सकिएको छैन ।” 

 

यहाँका गामीण क्षेत्रमा हुने बालविवाह रोक्नका लागि विभिन्न सङ्घसंस्थाहरु लागिपरे पनि रोक्न सकिएको छैन । स्थानीयवासीले छोरीको उमेर बढाएर भए पनि बालविवाह गर्न थालेका छन् । कुनै बेला यहाँका गाउँघरमा छोरीका नाममा धन खाने अर्थात् छोरीको विवाह गरे रकम लिने चलन भए पनि अहिले त्यो चलन हटेर पुण्य कमाउने भन्दै बालविवाह गर्ने चलन रहेको वासुदेवीका स्थानीयवासी करण ऐरले बताउनुभयो । उहाँले भन्नुभयो, “धन खाने चलन त हट्यो, बालविवाह गर्ने चलन हटाउन सकिएन ।” पछिल्लो समय जिल्ला प्रहरी कार्यालय डोटीमा बालविवाह र बहुविवाहका मुद्दा दर्ता गराउन आउनेको सङ्ख्या पनि बढिरहेको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय डोटीको तथ्याङ्कअनुसार सानै उमेरमा बालविवाह गरेकाले नै पछि गएर अर्को विवाह गर्ने गरेका कारण बहुविवाहको मुद्दा दर्ता गर्नेको सङ्ख्या बढेको हो । डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले मुलुकी संहिता ऐन २०७४ अनुसार बालविवाह गरेकालाई नागरिकता नदिने भन्ने उल्लेख भएकाले जिल्ला प्रशासनमा सानै उमेरमा विवाह गरेकाले नागरिकताका लागि नआउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “२० वर्ष उमेर नपुगी विवाह गरेकालाई नागरिकता नदिने भन्ने कानूनमा प्रस्ट उल्लेख छ, हामीकहाँ उमेर नपुगी विवाह गरेका नागरिकता लिन आउँदैनन् र गाउँपालिकाबाट पनि सिफारिश हुँदैन ।” 

 

बालविवाहले डोटीमा निकै असर पार्ने गरेको भन्दै बालविवाह गर्दा महिलाले झेल्नुपर्ने समस्या लगायतका विषयमा जानकारी दिँदै बालविवाह न्यूनीकरणको अभियानका लागि भूमिराज मावि सलेना विद्यार्थीहरु पछिल्लो समय सक्रिय हुन थालेको सो विद्यालयका शिक्षक जगतबहादुर बलायरले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीहरूले सडक नाटक लगायतका जनचेतनामूलक कार्यक्रम गरेर बालविवाह न्यूनीकरणको अभियानमा लागेका छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement