Advertisement
Advertisement
Advertisement
Advertisement

पिउने पानीसँगै फेरियो जीवन शैली

  |      18:41:00   |  
वेब तस्विर
वेब तस्विर

फागुन १९, भोजपुर । घर घरमा धारा जडान भएपछि भोेजपुर नगरपालिका –४ शिद्धेश्वरका बासिन्दाको जीवनशैलीमा परिवर्तन भएको छ । पानीको जोह गर्न गाउँभरिका विभिन्न धारा, कुवा र पँधेरा पुग्नुपर्ने बाध्यता रहेका स्थानीयवासी अहिले आँगनको डिलमै पिउने पानी थाप्न पाउँदा दङ्ग छन् । 


पर्याप्त पानीको सुविधा भएपछि उनीहरुले अहिले पानी खोज्न जाने समय तरकारी खेतीमा लगाएका छन् । विगत वर्षमा आफूलाई खानका लागिसमेत तरकारी उत्पादन गर्न नसक्ने स्थानीयवासीले अहिले तरकारी बचेरै मनग्गे आम्दानी गर्न पाएकामा निकै खुशी छन् । 


स्थानीय दानबहादुर खड्काले भन्नुभयो, ‘‘विगतमा पानीको निकै समस्या थियो, पानी खोज्न गाउँभरिका कुँवा, धारा धाउँदैमा एकजनाको दिन बित्थ्यो तर अहिले घरमै पानी आउँदा निकै खुशी लागेको छ, अहिले खेरगइरहेको पानीको उपभोग गरेर तरकारी पनि उत्पादन गरिरहेका छौ ।’’ 


तत्कालीन जिल्ला विकास समिति र शहरी विकास मन्त्रालयको सहयोगमा तीन वर्षको प्रयासपछि खानेपानीे योजनाको काम सम्पन्न भएकाले स्थानीयवासीको समस्या टरेको हो । अहिले स्यालखेत खानेपानी मुहान र गाठेचौर खानेपानी मुहानबाट पानी ल्याएर स्थानीयवासीलाई वितरण गरिएको छ । दुईवटा खानेपानी आयोजनाका लागि करीब ५४ लाख खर्च भएको खानेपानी आयोजना निर्माण समितिले जनाएको छ । 


पानीको समस्यामा परेका गाउँका ६० घर बढी घरपरिवारले अहिले पानी उपभोग गर्दै आएका छन् । स्यालखोला उपभोक्ता समितिका अध्यक्ष हरिबहादुर खड्काले भन्नुभयो, ‘‘ यहाँ पानीको निकै समस्या थियो तर अहिले दुई खानेपानी आयोजनाको काम सकिएपछि पानीको समस्या हटेको हो । पानी आएपछि अहिले गाउँ नै हराभरा बनेको छ । ’’ 


प्रत्येक घरको करेसाबारीमा लहलह तरकारी देख्न पाइन्छ पानी आएपछि अहिले गाउँका स्थानीयवासीको दैनिकी नै फेरिएको छ ।’’ उहाँले भन्नुभयो । स्थानीयवासीले पानीको व्यवस्था गर्नाका लागि श्रमदान पनि गरेका थिए । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement