Advertisement
Advertisement
Advertisement
Advertisement

पाल्पाको साल्लेधारा र तीनधार क्षेत्रका बासिन्दा टुकीको भरमा, किसानलाई नोक्सान

  |      14:15:00   |  
पाल्पाको साल्लेधारा र तीनधार क्षेत्रका बासिन्दा टुकीको भरमा, किसानलाई नोक्सान

भदौ २१, पाल्पा। रैनादेवी छहरा गाउँपालिकास्थित छहराको साल्लेधारा र तीनधार क्षेत्रका बासिन्दा एक महिनादेखि टुकीको भरमा रात बिताउन बाध्य भएका छन् । 

 

विद्युत् ट्रान्सफर्मर चट्याङ लागेर पड्केपछि साउन २८ गतेदेखि १२० घरधुरी अँध्यारोमा रात बिताउन बाध्य भएका हुन् । मोबाइल र लाइट चार्ज गर्नमात्र एक घण्टा पैदल हिँडेर मेहलधाप पुग्नुपर्ने बाध्यता रहेको छ । 

 

विद्युत् प्राधिकरण, पाल्पा वितरण केन्द्रलाई मर्मतका लागि गुहारे पनि ढिलासुस्तीका कारण एक महिनासम्म मर्मत कार्य हुन नसक्दा समस्या बढेको छ । विद्युत् प्राधिकरणले सानातिना काममा समेत ढिलासुस्ती गर्दै आएको उपभोक्ताको गुनासो छ। 

छहराको साल्लेधारा र तीनधार क्षेत्रमा गाईको दूध उत्पादनका लागि पकेट क्षेत्र रहेकोमा विद्युत् आपूर्ति एक महिनादेखि हुन नसक्दा साँझको दूध पूरै नष्ट हुने किसान नारायण पोखरेलले गुनासो गरे । 

 

विद्युत् आपूर्ति हुन नसक्दा फ्रिजमा दूध राख्दा बिग्रिने र एक दिनपछि खान समेत नमिल्ने भएपछि सोही दिन खिर र कुराउनी खान थालेको स्थानीय बासिन्दा टेकराज पोखरेलले बताए । 

 

फ्रिज बिना गाईको दूध राख्न सकिँदैन, दही जमाउन समस्या र घ्यूसमेत नलाग्ने भएपछि किसानको दूध नोक्सान हुँदै आएपछि चिन्तित बनेका छन् । रात बिताउन मुस्किल मात्र होइन, किसानले उत्पादन गरेको साँझको दूध नोक्सान भएकोमा ठूलो घाटाप्रति विद्युत् प्राधिकरणले बेवास्ता गरेको गुनासो स्थानीय बासिन्दाको छ । 

 

सामुदायिक विद्युत् वितरण केन्द्र छहराका अध्यक्ष तथा स्थानीय बासिन्दा टेकराज पोखरेलले पटकपटक विद्युत् प्राधिकरण पाल्पामा गए पनि काम हुन नसक्दा सास्ती मात्र भोग्न बाध्य भएको बताए ।
 
ढिलासुस्तीका कारण स्थानीय बासिन्दाको समय र लगानी खेर गएकोमा दुखेसो पोख्नुभयो । विद्युत् बत्ती घरमा जडान भएपनि बत्तीमुनिको अँध्यारोमा बस्न स्थानीय बाध्य छन् । 

 

ट्रान्सफर्मर मर्मतका लागि बुटवलको औद्योगिक क्षेत्रमा मर्मत भए पनि ल्याउने अनुमति विद्युत् प्राधिकरण बुटवलले नदिएपछि झनै सास्ती भएको छ । बुटवलबाट ल्याए पछि विद्युत् ट्रान्सफर्मर जडानमा ढिलासुस्ती गर्न नहुने स्थानीय बासिन्दाको आवाज रहेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement