Advertisement
Advertisement
Advertisement
Advertisement

परम्परागत पहिरन बनाउन सिक्दै थारू महिला

  |      14:41:00   |  
वेब तस्विर
वेब तस्विर
 पुस ११, कञ्चनपुर ।   कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारू समुदायका महिला हराउँदै गएका परम्परागत पहिरन बनाउने सीप सिक्न थालेका छन् । थारू समुदायका महिलाले लगाउने लेहङ्गा र चोलीलगायतका विभिन्न प्रकारका पहिरन बनाउने सीप सिकाउन थालिएको छ । विशेष गरी धार्मिक अनुष्ठान र सांस्कृतिक समारोहमा लगाउन प्रयोग हुने परम्पारगत पहिरन बनाउने कार्यमा महिलालाई निपुण बनाउन यस्तो सीप सिकाउन थालिएको हो । बूढापाकाको ढल्कीदो उमेरसंगै परम्परागत पहिरन हराउन थालेपछि थारू समुदायको बाहुल्यता रहेको गाउँका महिलालाई वडा कार्यालयले रु ६० हजार बजेट विनियोजन गरी सीप सिकाउन शुरु गरेको छ । यसले परम्परागत पहिरनको संरक्षण तथा आयआर्जनतर्फ उत्प्रेरित गर्न सहयोग पुग्ने बताइएको छ । 
 
 
पहिलो वर्ष ज्येष्ठ महिलाबाट केही महिलालाई सीप सिकाएको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दोस्रो वर्ष सीप सिकेका महिलाले नयाँ पिँढीका युवतीलाई लेहङ्गा र चोली बनाउने सीप सिकाउन थालेका छन् ।” थारू समुदायको मौलिक परम्परागत पहिरन जोगाउन यस कार्यले टेवा पुग्ने उहाँको भनाइ थियो । तालीममा सहभागी महिलाले गोठ तयार गर्ने, जिभा बनाउने र चिरकुट राख्नेलगायत कार्य सिक्न थालेका छन् । प्रशिक्षणपछि व्यावसायिक रुपमा यो पेशा अपनाउन समेत सहयोग पुग्ने विश्वास गरिएको छ । वडा कार्यालयले सीप सिक्न प्रशिक्षक, कपडा, सियो, मेशिनलगायतको व्यवस्था गरेपछि युवती उत्सुकतासाथ कक्षामा सहभागी हुन थालेका छन् । सैद्धान्तिकभन्दा लेहङ्ंगा चोली बनाउन प्रयोगात्मक शिक्षामा बढी जोड दिइन थालेको छ । 
 
 
पहिरन बनाउन कपडाको चयन गर्ने, बुट्टा भर्ने, सितारा जडान गर्ने, हातैले सियोको मद्दतले सिउने, नापअनुसारको पहिरन तयार गर्ने कार्य सिक्न थालेको तालीममा सहभागी पशुपति चौधरीले बताउनुभयो । “परम्परात पहिरन हातैले बनाउनुपर्ने भएकाले समय बढी लागे पनि थारू समुदायलाई चिनाउने पहिलो पहिचानका रुपमा यस्ता पहिरन रहेकाले यसको जर्गेना गर्न सीप सिक्न थालेका छौँ”, उहाँले भन्नुभयो । ज्येष्ठ महिलाले पालैपालो युवा पुस्ताका युवतीलाई सीप हस्तान्तरण गर्न चासो देखाएपछि युवती समेत सीप सिक्नमा उत्सुक देखिएका छन् । गाउँका ४० महिला उक्त तालीममा सहभागी छन् । 
 
 
परम्परागत पहिरन तयार गर्न विभिन्न कपडाको मिश्रणसँगै कलात्मकरुपमा सजाउनुपर्ने भएकाले बढी खर्च आउने गरेको पहिरन बनाउने सीप सिक्दै आउनुभएका माया डगौराले बताउनुभयो । साधारण पहिरन भन्दा परम्परागत पहिरन महँगो हुने भएकाले पनि यसप्रतिको आर्कषण घटेको हो उहाँले भन्नुभयो, “थारू महिलाको पहिचाननै पहिरनमा रहेकाले जगर्नेना गर्नु सबैको कर्तव्य हो ।” थारू समुदायका महत्वपूर्ण चाड पर्व माघी, दशैँ, अटवारीलगायतका पर्वमा नाचिने नृत्य प्रस्तुत गर्न महिलाले परम्परागत परिहन लगाउँदै आएका छन् । विवाह र अन्य सांस्कृतिक समारोहमासमेत परम्परागत पहिरन लगाउनुको आफ्नै महत्व छ । 
 

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement