Advertisement
Advertisement
Advertisement
Advertisement

न्यू मिडियालाई स्वनियमनबाट नै व्यवस्थित गर्नुपर्छ :मन्त्री रेखा शर्मा

  |      12:19:00   |  
web image
web image

साउन २३,काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले न्यू मिडियाको व्यवस्थापन स्वनियमनबाट नै गर्न सकिने बताएकी छन् । प्रेस काउन्सिल नेपालले आज भक्तपुरमा गरेको न्यू मिडिया र आचारसंहिताका चुनौती विषयक ‘सम्पादक संवाद’ कार्यक्रममा सम्बोधन गर्दै मन्त्री शर्माले न्यू मिडियालाई स्वअनुशासित गराउने, स्वनियमनमा राख्ने विषय चुनौतीपूर्ण रहेको भए पनि यसैबाट व्यवस्थापन गर्नुपर्ने बताइन् ।

“न्यू मिडिया पनि मिडिया हो, यसले पनि अगाडि बढ्न खोज्दैछ । हाम्रो समाजमा अहिले जे परिवर्तन आयो, त्यसलाई आत्मसाथ गर्न सकेनौँ भने त डायनोसर बन्ने स्थिति पनि बन्ला”, उनले भनिन्, ‘सबैभन्दा ठूलो कुरा स्वनियमन र आचारसंहिता हो । यो नभए कानून पनि त चाहिएला । त्यसतर्फ सोचौँ ।”
मन्त्री शर्माले सञ्चार माध्यमले सकारात्मक पक्षको उजागर गर्न आवश्यक रहेको बताइन् ।

“एउटा पत्रकारले बदमासी गर्यो भने सबै पत्रकार बदमास, एउटा राजनीतिज्ञले बदमासी गर्यो भने सबै नेता खराब, एउटा कर्मचारीले बदमासी गर्यो भने कर्मचारीतन्त्र सबै खराब हो भन्नेजस्तो देखाइएको छ । हामी अलि बढी नकरात्मक समाचारमा रमाउन थालेका छौँ । नकारात्मक मात्रै छ कि जस्तो भयो । समाजमा सकारात्मक पक्ष पनि छ, त्यसलाई प्रोत्साहन गरौँ”, उनले भनिन् ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार माध्यमको परिवर्तित अभ्यास, काउन्सिल र सरकारको भूमिका र कामलाई समीक्षा गरी सुझावअनुसार काउन्सिल अगाडि बढ्न तयार रहेको बताए । “हामीले के गरिरहेका छौँ ?पत्र कसलाई काट्यौँ ? के कुरामा काट्यौँ वा काटेनौँ ?भन्ने जस्ता विषयमा पनि प्रष्ट सुझाव आओस्”, उनले भने ।

कार्यक्रममा न्यू मिडिया र आचारसंहिताको पालनाका चुनौती विषयमा कार्यपत्र प्रस्तुत गर्दै काउन्सिलका पूर्वअध्यक्ष राजेन्द्र दाहालले न्यू मिडियालाई पछ्याउनुको विकल्प नरहेको बताए । उनले न्यू मिडियालाई पत्रकार आचारसंहिता र मूल्य–मान्यताको पालनामा प्रोत्साहित गर्नुपर्ने उल्लेख गरे ।

“अब पत्रकारलाई राज्य, सरकारले नियन्त्रण गर्न सम्भव छैन । सहजीकरण गरिदिने हो । स्वतन्त्र समाजमा आचारसंहिता पालना र मिडियालाई स्वघोषणा गराउनुपर्छ”, दाहालले भने । पत्रकारलाई नै जिम्मेवारीको विकेन्द्रीकरण गराउन उपयुक्त हुने र काउन्सिलका अबका काम त्यसतर्फ उन्मुख हुनुपर्ने उनको सुझाव थियो ।

दाहालको कार्यपत्रमाथि टिप्पणी गर्दै वरिष्ठ पत्रकार किशोर नेपालले काउन्सिलको गरिमा अझै बढाउन आवश्यक रहेको बताए । उनले पत्रकारितामा राजनीति हावी हुँदा विकृति बढेको भन्दै पत्रकारितालाई मर्यादित र व्यवस्थित बनाउन काउन्सिलको भूमिका फराकिलो बनाउनुपर्ने उल्लेख गरे ।
 

यस्तै वरिष्ठ पत्रकार बबिता बस्नेतले लामो समय पत्रकारितामा बिताएकाहरू नयाँ मिडियामा अभ्यस्त हुन खोजिरहेकाले मिडियालाई पुनःपरिभाषित गर्न आवश्यक रहेको बताइन् । उनले मिडियाका यस्ता सवालमा गरिएको सम्पादक संवाद प्रशंसनीय रहेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिइन् । 

कार्यक्रममा अनलाइन टिभी पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारीले विगतमा रेडियोका पत्रकारलाई पत्रकार नमानिएजस्तो अहिले युट्युबजस्ता माध्यममा पत्रकारिताकोअभ्यास गरिरहेकालाई पत्रकार नमान्ने गल्ती गर्न नहुने बताए । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement