Advertisement
Advertisement
Advertisement
Advertisement

नेपाली महिला क्रिकेटको उदय र अन्तर्राष्ट्रिय सहभागिता

  |      13:44:00   |  
वेब तस्विर
वेब तस्विर

►कुमार चौलागाईं 

माघ १, काठमाडौ । घरेलु क्रिकेट प्रतिबन्धमा परेपछि लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता नजनाएको नेपाली महिला राष्ट्रिय टोलीले थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेट प्रतियोगितामा लागातार तीन खेल जित्दै सेमिफाइनलमा पुगेपछि नेपाली महिला क्रिकेट टोलीको चर्चा शुरु भएको छ ।  पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको नेपाली टोलीले दोस्रो खेलमा मलेशियालाई र तेस्रो खेलमा बलियो टोली यूएईलाई पराजित गर्न सफल भइसकेको छ । सेमिफाइनल पुगिसकेको नेपालले समूह चरणको अन्तिम खेलमा माघ २ गते थाइल्याण्डसँग खेल्नेछ ।  राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दासले केही महीना अघिदेखि नेपाली महिला राष्ट्रिय टोलीको प्रशिक्षक पद सम्हालेपछि नेपाली टोली अहिले थाइल्याण्डमा उक्त प्रतियोगिता खेलिरहेको छ । राष्ट्रिय क्रिकेट टोलीलाई लामो समय सफल नेतृत्व गरेका दास प्रशिक्षणमा समेत अब्बल देखिएका छन् । 

 

नेपाली महिला टोलीले सन् २०१७ को नोभेम्बरमा आइसिसी टि–२० विश्वकपको एशिया क्षेत्रको क्वालिफाइङ खेल खेलेपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएको छैन । रुबिना क्षेत्री ९वेलवासे०को कप्तानीमा रहेको नेपाली टोलीमा सीता राना मगर ९उपकप्तान०, करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, ममताकुमारी चौधरी र विन्दु रावल छन् ।  करीब दुई वर्षसम्म अन्तर्राष्ट्रिय सहभागिता र प्रशिक्षकबिना रहेको नेपाली टोलीले थाइल्याण्डमा उत्कृष्ट प्रदर्शन गर्नु नेपालमा महिला क्रिकेटको सम्भावना बलियो रहेको क्रिकेट सम्बद्ध पदाधिकारीले बताउनुभएको छ । 

 

नेपाल क्रिकेट सङ्घ क्यान का पूर्व अध्यक्ष विनयराज पाण्डेले उचित अवसर र प्रशिक्षण पाए पुरुषभन्दा महिला टोलीले पहिला एक दिवसीय विश्वकप खेल्न सक्ने बताउनुभयो ।  उहाँले भन्नुभयो, “पछिल्ला वर्ष नेपालमा महिला क्रिकेट अवस्था शून्य जस्तै छ, यो अवस्थाको अन्त्य गर्नु जरुरी छ ।” नेपाली क्रिकेटको अभिभावक संस्था क्यान विगत तीन वर्षयता विश्व क्रिकेट सङ्घ ९आइसिसी० को निलम्बनमा रहेका कारण नेपालले भौतिक पूर्वाधार र घरेलु प्रतियोगितामा भने अपेक्षाअनुसार सुधार गर्न सकेको छैन ।  नेपाली राष्ट्रिय टोलीका पहिलो कप्तान एलबी क्षेत्रीको पहलमा नेपालमा महिला क्रिकेटको उदय भएको थियो । क्षेत्रीको आत्मकथा ‘कप्तान १९९८’मा क्षेत्रीले नेपालमा महिला क्रिकेटको उयदबारे उल्लेख गर्नुभएको छ । पहिलो टोलीमा उपकप्तान रहेका उनी १९९८ मा राष्ट्रिय टोलीका कप्तान बनेका थिए । 

 

“केटीले पनि क्रिकेट खेल्ने रु”, सन् २०१६ सालताकाको घटना स्मरण गर्दै क्षेत्रीले पुस्तकमा उल्लेख गर्नुभएको छ, “तत्कालीन क्रिकेट सङ्घमा महिला क्रिकेटको प्रस्ताव राख्दा साथीले शुरुमा पत्याएका थिएनन् । कतिपय पदाधिकारीलाई त महिला क्रिकेट प्रतियोगिता हुन्छ भन्ने पनि थाहा थिएन ।” क्षेत्रीले त्यतिबेला बाँकेका विभिन्न ३३ विद्यालय पुगेर क्रिकेटसम्बन्धी प्रशिक्षण दिएको र महिला क्रिकेटको परिवेश सिर्जना गर्नुभएको थियो । २०६१ साल फागुन १५ गते क्षेत्रीको सपनाले साकार रूप लिएको थियो । नेपाली किशोरी पहिलो पटक औपचारिकरूपमा ब्याट बोकेर मैदान उत्रेका थिए । उक्त प्रतियोगितामा २९ वटा विद्यालयले सहभागिता जनाएका थिए ।  उक्त प्रतियोगिता नै पहिलो राष्ट्रिय महिला क्रिकेट टोली छान्ने आधार बनेको थियो । क्षेत्रीले पुस्तकमा जनाएअनुसार त्यसपछि २०६४ सालमा बाँके र रुपन्देही महिला टोलीबीच तीनवटा मैत्रीपूर्ण खेल भएको थियो । उक्त प्रतियोगिता हेर्न तत्कालीन क्यानका अध्यक्ष विनयराज पाण्डलगायत पदाधिकारी त्यहाँ पुग्नुभएको थियो ।  त्यतिबेला नै पाण्डेले छिट्टै नेपाली राष्ट्रिय महिला टोली घोषणा गर्ने र प्रथम एसिसी प्रतियोगितामा नेपालको सहभागिता गराउने बचन दिनुभएको थियो । अध्यक्ष पाण्डे काठमाडौँ फर्कनासाथ २०६४ सालमा नेरी थापाको कप्तानीमा पहिलो राष्ट्रिय महिला घोषणा गरिएको थियो ।  “मैले स्कुले पोशाकमै मैदानमा ल्याएर बल र ब्याट समात्न सिकाएँ, उनीहरूले नै अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मैदानसम्म नेपालको प्रतिनिधित्व गर्दै ट्रफी उचाले, मलाई धेरै गर्व लाग्छ”, क्षत्रीले भन्नुभयो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement