असोज २७, काठमाडौं। चीनका राजदूत हउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मासँग जङ्गी अड्डामा नेपालका लागि आज बिदाइ भेट गरेकी छन् ।
राजदूत हउ यान्छीलाई कार्यकाल सफलतापूर्वक पूरा गर्नुभएकामा बधाई ज्ञापन गर्दै प्रधानसेनापति शर्माले सुखद भविष्यका लागि शुभकामना दिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
चीनका राजदूत यान्छी नेपालमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कंदै छिन् ।