Advertisement
Advertisement
Advertisement
Advertisement

नगरबासीका लागि निःशुल्क दुर्घटना बीमा

  |      11:35:00   |  
वेब तस्विर
वेब तस्विर

पुस ५, भरतपुर । चितवनको माडी नगरपालिकाले सबै नगरवासीका लागि रु पाँच लाखको निःशुल्क दुर्घटना बीमा गर्ने भएको छ । जङ्गली जनावरको आक्रमण, बाढीलगायतका घटनाले वर्षेनी धनजनको क्षति बढ्न थालेपछि नगरपालिकाले बीमा कार्यक्रम अघि बढाएको हो । शिखर इन्सुरेन्ससँग आइतबार नगरपालिकाले दुर्घटना बीमा सम्झौता गर्दैछ । 

 

“माडी नगरपालिका र शिखर इन्सुरेन्सबीच बीमा सम्झौताको कार्यविधि तयार भएको छ”, नगरप्रमुख ठाकुरप्रसाद ढकालले भन्नुभयो”, विभिन्न दुर्घटनामा मृत्यु भएका माडीको नागरिकता भएका र बसोबास गरेका नागरिकले बीमा रकमको रु पाँच लाख पाउनेछन् ।” 
माडीमा वन्यजन्तुले वर्षेनी कृषिबालीमा क्षति गर्ने भएकाले त्यसको पनि बाली बीमा गर्ने तयारी भइरहेको प्रमुख ढकालले बताउनुभयो । यस विषयमा चितवन राष्ट्रिय निकुञ्ज पनि सकरात्मक बनेको उहाँको भनाइ छ । यस्तै राष्ट्रिय निकुञ्जका जनावरको आक्रमणबाट घरका अभिभावक ९बाबु अथवा आमा० को मृत्यु भए उनका सन्तानलाई रु पाँच लाखको शैक्षिक कोष बनाउने तयारी नगरपालिकाको छ । 
पाँच खोलाबाट ढुङ्गा गिट्टी झिक्न दिने सहमति 

 

माडी नगरपालिका र चितवन राष्ट्रिय निकुञ्जबीच पाँच खोलाबाट नदीजन्य सामग्री ढुङ्गा, गिट्टी, बालुवा प्रयोग गर्ने सहमति भएको छ । निकुञ्ज, मध्यवर्ती उपभोक्ता समिति र नगरपालिकाबीच बुधबार भएको छलफलबाट पुस र माघ महिनामा पाँच खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा झिक्ने सहमति भएको हो । निकुञ्जले गोहीको प्रजनन् समय भन्दै पुस र माघ महीनामा ढुङ्गा, गिट्टी, बालुवा झिक्न रोक लगाउँदै आएको थियो । दुई महीनाका लागि मगुइ, चन्द्रे, बगही, चितही र पतरे खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा झिक्ने र त्यसको रोयल्टी नगरपालिकाले निकुञ्जलाई बुझाउने निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिनुभयो । रिउ किनारादेखि वन क्षेत्रभन्दा बाहिर चुरे क्षेत्रलाई प्रभाव नपर्ने गरी ढुङ्गा, गिट्टी प्रयोग गर्न दिने निर्णय गरिएको ढकालले बताउनुभयो । यस्तै रेवातिरमा घाँसेमैदान निर्माण गर्न निकुञ्ज, नगरपालिका, जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयका प्राविधिक एवं विज्ञहरूसँग छलफल गरी आपसी समन्वय गरिने भएको छ । हात्ती नियन्त्रण गर्न गरिएको प्रयासलाई निकुञ्ज, उपभोक्ता समिति र नगरपालिकाको समन्वयमा प्रभावकारी रूपमा अगाडि बढाउने समेत सहमति भएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement