Advertisement
Advertisement
Advertisement
Advertisement

नक्कली बीमा गराई ठगी गर्ने कारागार चलान

  |      15:22:00   |  
वेब तस्विर
वेब तस्विर

पुस १२, काठमाडौं ।  वैदेशिक रोजगारमा जाने व्यक्तिको नक्कली बीमा गराई ठगी गरेको आरोपमा पक्राउ परेका छमध्ये तीनजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । 

काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक आदेशमा धरौटी माग भएका अन्य तीनमध्ये एकजना धरौटी तिरेर निस्किएका छन् भने दुई जना धरौटी तिर्न नसकेपछि कारागार चलान भएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । 

 

प्राइम लाइफ इन्सुरेन्स कम्पनीमा काम गर्ने प्रकाश रेग्मीसहितका व्यक्तिले विभिन्न ५७४ को नक्कली बीमा लेख जारी गरी ठगी गरेको आरोपमा उनीहरु विरुद्ध काठमाडौंजिल्ला अदालतमा मुद्दा परेको थियो । उनीहरुमध्ये स्याङ्जाका प्रकाश रेग्मी, भक्तपुरका सुदीप खड्का र ललितपुरका सञ्जय केसी पुर्पक्षका लागि कारागार चलान भएका हुन् । 

 

उदयपुरका भोला पोखरेल रु दुई लाख धरौटी तिरेर छुटेका छन् भने काभ्रे घर भई हाल काठमाडौँ चाबहिल बस्ने सिंहबहादुर लामा र स्याङ्जाका ध्रुव रेग्मीे धरौटी तिर्न नसकेपछि कारागार चलान भएका छन् । जिल्ला अदालत काठाडौंले लामालाई रु दुई लाख र ध्रुव रेग्मीलाई रु दुई लाख ५० हजार धरौटी माग गरेको थियो । लामा वल्डवेज मेनपावर इन्सुरेन्सका श्रम प्रतिनिधि हुन् भने अन्य प्राइम लाइफ इन्सुरेन्सका कर्मचारी भएको प्रहरीले जनाएको छ । 

 

प्रकाश रेग्मी १७ को नक्कली बीमालेख जारी गरेको मुद्दामा गएको वैशाखमा रु एक लाख धरौटी तिरेर तारेकमा छुटेका व्यक्ति हुन् । त्यो मुद्दा विचाराधीन अवस्थामा रहेकै बेला पुनःनक्कली बीमालेख बनाई ठगी गर्ने कार्यमा संलग्न भएको पाइएको हो । उनीहरुलाई प्रहरीले विशेष सूचनाको आधारमा मङ्सिरमा काठमाडौँ जिल्ला टोखा नगरपालिका–९ मिलनटोलबाट पक्राउ गरी मुद्दा अगाडि बढाएको थियो । 

 

वल्डवेज म्यानपावर इन्सुरेन्सबाट लामामार्फत बीमाको लागि आवश्यक कागजात प्राइम लाइफ इन्सुरेन्स कम्पनीमा कार्यरत प्रकाश रेग्मीले बुझेकोमा हालसम्म प्राइम लाइफ इन्सुरेन्स कम्पनीको नामबाट ७०९ वटा नक्कली बीमालेख जारी गरिएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । अहिलेसम्म ४३४ वटा नक्कली बीमालेख भेटिए पनि अन्य विषयमा अनुसन्धान जारी रहेको ब्यूरोको भनाइ छ । 

 

अन्य म्यानपावर तथा व्यक्तिगत रुपमा समेत बीमा कम्पनीका कतिपय बीमालेख नक्कली हुनसक्ने भएकाले सम्बन्धित कम्पनीमा गई रुजु गर्न तथा नक्कली भएमा उजूरी गर्नसमेत प्रहरीले सबैमा अनुरोध गरेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement