Advertisement
Advertisement
Advertisement
Advertisement

धर्म र संस्कृतिले पारस्परिक सहअस्तित्वको पक्षपोषण गर्छ : राष्ट्रपति विद्यादेवी भण्डारी

  |      21:20:00   |  
वेब तस्विर
वेब तस्विर

फागुन १७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्ति र समृद्धिका लागि वैदिक ज्ञानको महत्वपूर्ण भूमिका रहेको विचार व्यक्त गद धर्म र संस्कृतिले पारस्परिक सहअस्तित्वको पक्षपोषण गर्ने बताउनुभएको छ । 


नेपाल महर्षि वैदिक फाउण्डेशन, नेपाल महर्षि फाउन्डेशन फर वैदिक कल्चर र महर्षि फाउन्डेशन फर वैदिक इण्डियाको संयुक्त आयोजनामा आजदेखि राजधानीमा शुरु भएको तीनदिने वेद र आधुनिक विज्ञानसम्बन्धी तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँले सनातन धर्म र संस्कृतिले पारस्परिक सहअस्तित्वको पक्षपोषण गरेको बताउनुभयो । 


“छिमेकी मित्रहरुकै बीचमा तनाव देखिएकाले शान्तिको आवश्यकता बढेको छ, भावातीत ध्यान, चेतनामा आधारित शिक्षालगायत वैदिक ज्ञानका माध्यमबाट शान्ति स्थापनामा सहयोग पुग्छ”, उहाँले भन्नुभयो । संस्कृत भाषामा ज्ञान र बुद्धिको भण्डार रहेकाले यसको संरक्षण हुनुपर्ने राष्ट्रपति भण्डारीले बताउनुभयो । 


धर्म, संस्कृतिको संरक्षणका माध्यमबाट धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिने भएकाले यस्ता महासम्मेलनको योगदान रहने उहाँको भनाइ थियो । उहाँले शान्ति र समृद्धिका लागि महासम्मेलनले दिने वैज्ञानिक निष्कर्ष सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । 


कार्यक्रममा शङ्कराचार्य स्वामी अमृतानन्द तीर्थले वैदिक परम्पराका आधारमा मानी आएका विषयलाई आधुनिक विज्ञानले प्रमाणित गर्दै गएको बताउनुभयो । गत वर्ष औषधि विज्ञानमा नोबेल पुरस्कार पाउने वैज्ञानिकले वर्षमा २४ दिन भोकै बस्नेलाई क्यान्सर लाग्दैन भन्ने तथ्यलाई ऋषिमुनिले वर्षका २४ वटा एकादशीमा व्रत बस्नु भनी उपदेश दिएको उहाँले सुनाउनुभयो । 


जापानका पूर्वप्रधानमन्त्री योकियो हातोयामाले बुद्धको देशबाट विश्व शान्ति फैलाउन भावातीत ध्यान, चेतनामा आधारित शिक्षालगायत वैदिक ज्ञान उपयोगी हुने धारणा राख्नुभयो । 


फाउण्डेशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले वेद र संस्कृतको अध्ययन अध्यापन छोड्ने अवस्थामा पुग्दा देशलाई धेरै विषयमा बेफाइदा भइरहेकाले वैदिक जागरणका लागि सम्मेलन गरिएको बताउनुभयो । विश्वव्यापी महर्षि वैदिक अभियानका प्रमुख टोनी नाडरले राजर्षि जनक र सीताको देश नेपालबाट विश्वभर शान्तिको सन्देश प्रवाह हुनुपर्नेमा जोड दिनुभयो । 


नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वतीले वेद अपरिवर्तनीय संविधान भएकाले सबैले पालना गर्नुपर्ने बताउनुभयो । वैदिक इण्डियाका अध्यक्ष स्वामी ब्रह्मदेवले वेदध्वनिले कृषि प्रणालीमा पार्ने प्रभावका बारेमा अध्ययन भइरहेको जानकारी दिनुभयो । 


प्राध्यापक विद्यानाथ कोइरालाले गुरुकुल शिक्षा पद्धतिले व्यक्तिलाई स्वावलम्बी बनाउन सबै प्रकारले उचित ज्ञान दिने बताउनुभयो । आइतबारसम्म जारी रहने सम्मेलनमा वैदिक विज्ञानका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् । सम्मेलनमा वेद र विज्ञानका अन्तर्राष्ट्रियस्तरका ५०० भन्दा बढी विद्वान्को सहभागिता छ । 


वेदका विषयवस्तु अध्यापन हुने विश्वभर आठ वटा महर्षि वैदिक विश्वविद्यालय रहेका सो अवसरमा जानकारी दिइयो । सम्मेलनमा वैदिक शिक्षा, स्वास्थ्य, कृषि, वास्तुलगायत विषयमा पनि छलफल हुनेछ । 


हाल नेपालका ८२ गुरुकुलमा रुद्राभिषेकसहित योग र ध्यानको कार्यक्रम सञ्चालन भइरहेको फाउण्डेशनले जनाएको छ । यसैगरी दुई दर्जनभन्दा बढी माध्यमिक तहका विद्यालयमा ध्यानसहितको चेतनामा आधारित शिक्षा दिइएको फाउण्डेशनका ध्यान शिक्षक मीनराज अधिकारीले बताउनुभयो । 


हाल विश्वका १९२ देशमा भावातीत ध्यान र सिद्धि कार्यक्रमका नाममा यो ज्ञान दिने गरिन्छ । महर्षि महेश योगीले व्याख्या गर्नुभएको श्रीमद्भागवत्गीता नेपाली अनुवादसमेत सार्वजनिक गरिको थियो । सम्मेलनमा दिइएको जानकारीअनुसार श्रीमद्भागवतगीता १७६ भाषामा अनुवाद भइसकेको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement