धनुषामा सोमबार २२ बर्षीया सहनीका श्रीमतीको मृत्यु भएको छ । सख्त घाइते अवस्थामा फेला परेकी २० वर्षीया अस्मिता शर्माको प्रादेशिक अस्पतालमा उपचारको क्रममा सोमबार राति ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले बताए ।
२२ वर्षे सहनीको सोमबार बिहान धनुषाको क्षिरेश्ररनाथ नगरपालिका - ३ पकडियास्थित सडक छेउमा गहँ खेतमा मृत फेला परेका छन् । उनीहरु बीच प्रम विवाह भएको थियो ।
प्रहरी निरीक्षक कार्कीका अनुसार सोमबार राति १० बजेतिर केही साथीसँगै ससुराली घर पकडियाबाट महेन्द्रनगर डेरामा जाँदै थिए ।
ज ५ प ७८०० नम्बरको मोटरसाइकलमा श्रीमती अस्मितलाई लिएर हिँडेका राधे बिहानी ससुराली घरबाट करिब डेढ किलोमिटरको दूरीमा मृत भेटिएका थिए ।
अस्मिता र श्रीमानको मोटरसाइकल दुर्घभटना परि मृत्यु भएको प्रहरीले बताएको छ । अस्मितालाई अर्को मोटरसाइकलमा रहेका तीनजना साथीले माइ पुर्याइदिएका थिए । श्रीमान् राधेले नै अस्मितालाई मरणासन्न हुने गरी कुटपिट गरेर भागेको अनुमानसहित घरपरिवारले हामीलाई खबर गरेपछि रातभर हामीले खोजबिन गर्यौं । बिहान त राधे नै गहुँ खेतमा मृत भेटियो,’ प्रहरी निरीक्षक कार्कीले भने ।