Advertisement
Advertisement
Advertisement
Advertisement

दुलहीको आकर्षण शृङ्गारमा

  |      18:10:00   |  
वेब तस्विर
वेब तस्विर

फागुन १९, चिप्लेढुङ्गा । पोखरा छोरेपाटनकी सोफिया खाती उमेर बल्ल १८ पुगिन् । उनी प्लस टुमा अध्ययनरत छिन् । झपक्क गहनामा साडीमा सजिएर बेहुली बनेकी उनी केही लजाउँदै थिइन् । उनी झपक्क गहना र रातो लेहङ्गामा १६ शृङ्गारमा सजिएर दुलही बनेर निस्किन् तर उनको पर्खाइ यत्तिकै भयो, उनलाई लिन दुलहा आएनन् । 


शनिबार सोफियाजस्तै छ जना बनेर सजिए, दुपट्टा साडी र लेहङ्गामा गरगहनाले सुसज्जित भएका थिए । लाग्थ्यो अब बेहुला आउँदैछन्, जन्तीसहित उनीहरुलाई लिन तर सोचेजस्तो जन्तीसहित कोही बेहुला दुलहीको सामु आएनन् । कारण थियो उनीहरु विवाहमण्डपमा नभई स्टेजमा उत्रिएका थिए बेहुली शृङ्गार प्रतियोगिताका सहभागी भएर । 


राष्ट्रिय सौन्दर्यकला व्यवसायी सङ्घ कास्कीले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय बेहुली शृङ्गार प्रतियोगितामा ११ जिल्लाका १३ सौन्दर्यकर्मीले सहभागिता जनाएका थिए । विभिन्न चरणबाट छानिएका ६ प्रतिस्पर्धीले ६ थरि बेहुली शृङ्गार गरेका थिए । चितवनकी नवीना लामाले दुलही शृङ्गार प्रतियोगिताको उपाधि जित्नुभयो । 


राष्ट्रिय सौन्दर्यकला व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष एवं वरिष्ठ सौन्दर्यकर्मी कमला श्रेष्ठले परापूर्वकालदेखि सुन्दरताको महत्व निकै हुने गरेको र सुन्दरता व्यक्तित्वको एक सबल पक्ष भएको बताउँदै विवाहमा पनि बेहुलीको शृङ्गार र सुन्दरताकै विशेष महत्व हुने बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “सौन्दर्य पेशा सीपमूलक भएकाले सीप सिकेर कला प्रदर्शन गर्ने सक्ने जोकोही आत्मनिर्भर हुन्छ, पछिल्लो समय सौन्दर्यक्षेत्रले महिलालाई अत्यधिक रोजगार प्रदान गरेको छ । ” 


कार्यक्रम संयोजनक दीपा कार्कीले सौन्दर्य पेशा कलात्मक र सिर्जनशील भएकाले यसको महत्वलाई उजागार गर्न बेहुली प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुुुुभयो । सङ्घका जिल्ला अध्यक्ष सोनाम गुरुङले सौन्दर्यकर्मीको पेशागत दक्षता तथा क्षमता बढाउन र हरेक परिस्थितिमा आत्मविश्वासका साथ अग्रसर हुने वातावरण निर्माणका लागि सङ्घ क्रियाशील छ भन्नुभयो । सङ्घका संस्थापक अध्यक्ष चन्द्र श्रेष्ठले विवाहमा बेहुलीको सुन्दरता र शृङ्गारको चर्चा निकै हुने भएकाले बेहुली पहिरनअनुसारको शृङ्गारमा सौन्दर्यकर्मीले विशेष कलातर्फ ध्यान दिनुपर्ने बताउनुभयो । सो कार्यक्रममा फष्ट रनर अप आकृति गुरुङ र सेकेण्ड रनर अप मनिषा कोँजु र भिओर च्वाइस सुप्रिया भुजेल हुनुभएको थियो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement