Advertisement
Advertisement
Advertisement
Advertisement

दिक्तेल रूपाकोट मझुवागढीद्वारा आङ खसेका महिलाको निः शुल्क उपचार

  |      13:26:00   |  
web image
web image

मंसिर ४, काठमाडौं । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आङ (पाठेघर)खस्ने को समस्या भएका महिलालाई अप्रेशन (शल्यक्रिया)का लागि काभ्रेको बनेपा नगरपालिकास्थित सुविधायुक्त अस्पताल पुर्‍याएको छ।

नगरपालिकाका १५ वडाका स्वास्थ्यचौकीमा गरिएको परीक्षणका क्रममा पहिचान भएका ६२ जनामध्ये पहिलो चरणमा १६ जनालाई शिर मेमोरियल अस्पताल बनेपा लगिएको हो।

नगर प्रमुख तीर्थराज भट्टराईले अस्पताल आवत जावत, उपचार गर्ने, खाने र बस्ने खर्च नगरपालिकाले उपलब्ध गराउनेगरी उनीहरुलाई उपचारमा लगिएको बताए।

‘पाठेघर खसेर तेस्रो र चौथो चरण पार गरेपछि शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुगेका बिरामीलाई मात्र अस्पताल लगिएको छ। केही बिरामीलाई नगरपालिकाकै गाडीमा अस्पताल लगिएको छ । पहिलो चरणमा २३ जनालाई उपचारमा लैजाने तयारी गरिएको भए पनि अन्तिममा सात जनाले अस्पताल जान अस्वीकार गरेका छन्’, उनले भने, ‘शल्यक्रियालगायतका निःशुल्क उपचार गर्ने व्यवस्थासहित शनिबार बिरामी र उनीहरूका एक र एक जना कुरुवालाई बनेपा पुर्‍याइएको छ। बाँकी रहनुभएकालाई पनि केही दिनभित्रै बनेपा ल्याएर उपचार गराइनेछ।’

पाठेघर खसेका कारण समस्यामा परेका महिलाको पहिचान गर्दै निःशुल्क उपचारको व्यवस्थाका लागि नगरपालिकाले तीन महिनायता प्रत्येक वडामा ‘स्क्रीनिङ’ गरिरहेको छ।

नगर प्रमुख भट्टराई, उपप्रमुख विशन राई, नगरपालिकाका जनस्वास्थ्य निरीक्षक खेमराज आचार्य लगायतको टोली पनि बनेपा गएका छन्।

दोस्रो चरणमा यही मङ्सिर–५ गते बाँकी सबै बिरामीलाई निःशुल्क उपचारमा लैजाने तयारी गरिएको उपप्रमुख राईले जानकारी दिएका छन्। हालसम्मको स्क्रीनिङका क्रममा पहिचान गरिएको ५३ जनाले उपचारमा जानका लागि नगरपालिकामा सम्पर्क गरेका छन्।

पहिलो र दोस्रो तहको पाठेघर खसेका महिलाको शरीरमा भने स्वास्थ्यचौकीमै ‘रिङ प्रेसरी’ राखिएको छ। शिर मेमोरियल अस्पताल र सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरसँगको सहकार्यमा नगरपालिकाले पाठेघर खसेका महिलाको निःशुल्क अप्रेशन गर्ने व्यवस्था मिलाएको हो।

पाठेघर खस्ने समस्यालाई महिलाले लाज र सरम मानेर लुकाउने गरेको पाइएको छ। समस्या लुकाएर बस्ने अर्थात् उपचारका बारेमा जानकारी नहुँदा पाठेघर खसेका महिला पीडादायी जीवन बिताउन बाध्य भएको पाइएको छ।

गाउँघरमा लुकेर रहेका पाठेघर खस्ने समस्याप्रति सरोकारवाला निकायले समेत चासो नदेखिएको सामाजिक अभियन्ताले बताएका छन्। पछिल्लो समय जिल्लाका १० वटै स्थानीय तहले पाठेघर खसेका महिलालाई सुविधायुक्त अस्पताल लगेर निःशुल्क उपचार गराउन थालेका छन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement