कात्तिक २४, काठमाण्डौ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङमा तीन क्षेत्रमा आठ महिला उम्मेदवार प्रतिस्पर्धामा छन् ।
दाङ क्षेत्र नं १ बाट नेकपा एमालेकी शान्ता चौधरी र सत्ता गठबन्धनबाट सहरी विकासमन्त्री मेटमणि चौधरी मुख्य प्रतिस्पर्धामा छन् । घोराही उपमहानगरपालिका–४ डाँडागाउँ ठेगाना भएकी चौधरी पूर्वकमलरी हुनुहुन्छ । पच्चीस वर्ष कमलरी जीवन बिताएकी चौधरी एमालेको सचेतक हुँदै संसद्को प्राकृतिक स्रोत समितिको संयोजकसमेत हुन् । उनले कमलरी र गरिब किसानका हकअधिकारबारे आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् । देउखुरी उपत्यकाको राप्ती नदी र अन्य खोलामा तटबन्ध गर्ने उनको प्रतिबद्धता छ ।
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटबाट रुक्मिणी चौधरी र हाम्रो नेपाली पार्टीबाट गङ्गा चौधरी सत्गौवा पनि चुनावी मैदानमा छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट प्रतिमा बुढामगर र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लिली बुढाथोकी पनि चुनावमा होमिनएकी छिन् । दाङ क्षेत्र नम्बर १ मा पाँच महिला प्रतिस्पर्धामा छन् । देउखुरी उपत्यकाका चार गाउँपालिका र घोराही उपमहानगरपालिकाको १, २, ३ र ५ वडा दाङ क्षेत्र न १ मा पर्दछ ।
क्षेत्र नं १ ‘क’ मा ७० हजार दुई सय ६७ र ९ख० मा ६४ हजार चार सय ६६ मतदाता छन् । क्षेत्र नं ९क० मा २४ मतदानस्थल र ७८ मतदान केन्द्र कायम गरिएको छ । क्षेत्र नं १ ९ख० मा २७ मतदानस्थल र ७४ मतदान केन्द्र रहेको क्षेत्र नं १ का निर्वाचन अधिकृत मानबहादुर विष्टले जानकारी दिए ।
क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट पार्टीका महासचिव एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शङ्कर पोखरेल र सत्ता गठबन्धनको तर्फबाट नेकपा ९माओवादी केन्द्र० की पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री रेखा शर्मा प्रतिस्पर्धी छन्। शर्माले आमाको नामबाट नागरिकता पाउनुपर्ने विषयलाई उठाएकी छिन् ।
नेपाल आमा पार्टीकी गीता रावत पनि चुनावी प्रतिस्पर्धामा छिन् । क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ दुई महिला प्रतिस्पर्धीमा हुनुहुन्छ । क्षेत्र नं २ ९क० मा ६३ हजार तीन सय २२ तथा ९ख० मा ७० हजार चार सय २६ मतदाता छन् । क्षेत्र नं २ ९क० मा २५ मतदानस्थल र ६८ मतदान केन्द्र तथा क्षेत्र नं २ ९ख० मा २३ मतदानस्थल र ७८ मतदान केन्द्र तोकिएको छ ।
क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेकी केन्द्रीय सदस्य कोमल वली र सत्तारुढ गठबन्धनबाट कांग्रेसक केन्द्रीय सदस्य दीपक गिरी चुनावी मैदानमा छन्। दाङका जनताको भावना, चाहना र आवश्यकताका आधारमा काम गर्ने प्रतिबद्धता वलीको छ । पूर्वसञ्चारकर्मी एवं गायिका वली २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र न ३ बाट समानुपातिक सांसद चुनिएकी थिइन् । क्षेत्र नं ३ मा प्रतिनिधिसभातर्फ महिला उम्मेदवार वली मात्रै हुन् । क्षेत्र नं ३ ९क० मा २१ मतदानस्थल र ७४ मतदान केन्द्र तथा क्षेत्र नं ३ ९ख० मा ३३ मतदानस्थल र ९३ मतदान केन्द्र कायम भएको प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए । चार लाख १९ हजार नौ सय सय २४ मतदाता छन् । एक सय ५३ मतदानस्थलमा चार सय ६५ मतदान केन्द्र तोकिएको छ ।
फागुन २२, रूकुम । रूकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र...
पुस १७,काठमाडौं । लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा इलामको सन्दकपुर गाउँपालिका-५ जौबारीमा...
पुस १५,काठमाडौं । बनेका कानुन कार्यान्वयन नगर्न हस्तक्षेप गरेकै कारण कानुन अभ्यासमा जान...
पुस ८,काठमाडौं । प्रतिनिधिसभा सदस्य सोविता गौतमले सांसदहरू जनताका चासो र सरोकारका सबै...
पुस १,काठमाडौं ।प्रतिनिधिसभा सदस्य डा चन्दा कार्की (भण्डारी)ले जनप्रतिनिधि जनतामा मुद्दामा...
पुस १, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विकास र समृद्धिका लागि...
मंसिर २६, काठमाडौं । म्याङलुङ बजार कारागार टोलकी मञ्जु लिम्बू ढाकाको सारी बुनेरै दुई जनाको...
मंसिर २५, काठमाडौं ।उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म...
मंसिर २४, काठमाडौं ।रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा परेकी म्याग्दीको बेनी...