Advertisement
Advertisement
Advertisement
Advertisement

तारादेवी फाउण्डेशनका लागि रु १० लाख

  |      18:28:00   |  

माघ ९, काठमाडौँ । काठमाडौँ महानगरपलिकाले ‘तारादेवी स्मृति फाउण्डेशन’ अक्षय कोषका लागि रु १० लाख प्रदान गरेको छ । तारादेवी स्मृति फाउण्डेशनले तारादेवीको १३ औँ स्मृतिसभामा आज आयोजना गरेको ‘सम्झनामा तारादेवी’ कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले फाउण्डेशनका अध्यक्ष तथा कामपा–३ का वडाध्यक्ष दीपक केसीलाई उक्त रकम हस्तान्तरण गर्नुभयो । 
 

 

चेक हस्तान्तरण गर्दै प्रमुख शाक्यले अहिलेका लागि महानगरको प्राथमिक काम पूर्वाधार नै रहेको जानकारी दिँदै कला, संस्कार, साहित्य र सिर्जनालाई प्रोत्साहन गर्न केही रकम लगानी गरिएको बताउनुभयो । कार्यक्रममा सङ्घीय संसद् सदस्य रामवीर मानन्धरले मोतीका रुपमा रहेका कलाकर्मीको उचित सम्मान हुन नसक्नु दुःखद् हो भन्नुभयो । फाउण्डेशनका अध्यक्ष केसीले देशका सम्पत्ति कलाकारको सम्मान नगरेसम्म संस्कृतिलाई जीवन्त राख्न नसकिने धारणा राख्नुभयो । 
 

 

कार्यक्रममा कलाकार ज्ञानु राणा, मीरा राणा, सङ्गीता शाक्य र गीता पाण्डेले तारादेवीको स्वरमा सजिएका १४ गीत प्रस्तुत गर्नुभएको थियो । तारादेवी विसं २००२ माघ २ गते काठमाडौँको इन्द्रचोकमा बाबु कृष्णबहादुर कार्की र आमा राधादेवीका छोरीका रुपमा जन्मनुभएको थियो । विसं २०२२ मा तारादेवीको शिवबहादुर श्रेष्ठसँग प्रेमविवाह भएको थियो । आफ्नो मृत्यु हुनुअघि नै उहाँले एक छोरा र पति गुमाइसक्नुभएको थियो । हाल उहाँका एक छोरा र छोरी हुनुहुन्छ । उत्कृष्ट गायन कलाबाट नेपाली गीतसङ्गीतलाई प्रवर्धन गर्नुभएका तारादेवीलाई २०५० सालको जगदम्बाश्री पुरस्कार प्रदान गरिएको थियो । उहाँको २०६२ साल माघ १२ गते निधन भएको हो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement