Advertisement
Advertisement
Advertisement
Advertisement

तरकारी खेतीबाट घर खर्च जुटाउँदै महिला

  |      16:15:00   |  
वेब तस्विर
वेब तस्विर

पुस १०, भीमदत्तनगर ।  कञ्चनपुर भीमदत्तनगरपालिका–३ विचपुरीका सिसाली चौधरी कुनै बेला घरको काम र खेतीपातीको समयमा बिताउनुहुन्थ्यो । गाउँमा दातृ निकायबाट तरकारी खेतीसम्बन्धी तालिम पाएपछि अन्न खेती छाडेर व्यावसायिक तरकारी खेतीमा समय खर्चिनुभएकी चौधरी हरेक दिन बिहान भीमदत्तनगर बजारमा टोकरीमा तरकारी बेच्नुहुन्छ । 

 

“बेलुकीतर्फ तरकारी खेतमा गएर गोडमेल र स्यहारामा बिताउँछु ।” चौधरीले भन्नुभयो, “चार किलोमिटर हिँडेर दैनिक तरकारी बेच्न जान्छु ।” छ वर्षदेखि तरकारी उत्पादन तथा बिक्रीमा लागि रहनुभएकी चौधरीले पछिल्लो समय तरकारी खपतको समस्या रहेको बताउनुभयो । “तरकारी बेचेर घर र बच्चाको पढाइ खर्च जुटाएको छु ।” उहाँले भन्नुभयो, “गाउँमा हरेक घरमा चौधरी समुदायले तरकारी खेती गर्दैछन् ।” उहाँले तरकारी खेतीमा महिला आर्कषण बढिरहेको बताउँदै तरकारी कृषकलाई सरकारले दिने अनुदान तथा सहुलियत नपाएको गुनासो पोख्नुभयो । “अन्य क्षेत्रका किसानले सम्बन्धित कार्यालयबाट तरकारीको बीउबिजनदेखि मलसम्मको अनुदान पाएको सुन्छौँ ।” उहाँले भन्नुभयो, “हाम्रो गाउँमा त अनुदानका नाममा केही पनि दिएको छैन ।” 

 

गाउँमा ३५ महिलाले विगत केही वर्षयता तरकारी खेतीमा जुटिरहेको उहाँले जानकारी दिनुभयो । “अन्नबालीभन्दा तरकारीमा बढी फाइदा हुन थालेपछि यहाँ प्रायले तरकारी लगाउन थालेका छन् ।” चौधरीले भन्नुभयो, “बजारका गल्लीगल्लीमा ताजा तरकारी हरेक दिन बिहान पुयाएका छौँ ।” 

 

जैविक र ताजा तरकारी उपभोक्ताको घर आँगनमै पु¥याउँदासमेत तरकारीको उचित मूल्य नपाएको किसानको भनाइ छ । विचपुरमा महिलाले हाल काउली, मुला, गोलभेँडा, हरियो खुर्सानी, भन्टा, आलुलगायतका तरकारी फलाएका छन् । त्यसैगरी गाउँकै जैसरा चौधरीले गाउँमा छाडा पशुका कारण तरकारी खेतीमा समस्या भइरहेको बताउनुभयो । “रातभरि छाडा गोरुले तरकारी खाएर सखाफ पार्दैछन् ।” उहाँले भन्नुभयो, “तरकारी बचाउन रातभरि जागाराम बस्नुपर्ने अवस्था छ ।” तरकारी बिक्रीबाट दैनिक रु ९०० देखि एक हजार २०० सम्म कमाइ हुने गरेको उहाँको भनाइ छ । 

 

पाँच कट्ठा जमीनमा तरकारी गरिरहनुभएकी चौधरीले तरकारी उत्पादन गर्ने महिलाले कहीँबाट प्रोत्साहन नभएको बताउनुभयो । “गत वर्ष भन्टा बेचेर मात्रै रु ६० हजार आम्दानी गरेँ ।” उहाँले भन्नुभयो, “तरकारीको कमाइले धेरै नभए पनि घर खर्च चलेको छ ।”कञ्चनपुरका ग्रामीण भेगमा पछिल्लो समय तरकारी उत्पादन गर्ने किसानको सङ्ख्या बढ्दै गइरहेको छ । जसका कारण भारतीय तरकारीको आयात यहाँ घट्दै गइरहेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement