Advertisement
Advertisement
Advertisement
Advertisement

तनहुँका स्थानीय तहले गर्भवती र सुत्केरीलाई पोषण भत्ता

  |      13:39:00   |  
web imege
web imege

कार्तिक १२, काठमाडौं । सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन र सुत्केरी सेवा लिने काममा आकर्षित गर्न तनहुँका स्थानीय तहले गर्भवती र सुत्केरीलाई पोषण भत्ता उपलब्ध गराउन थालेका छन्। 

सम्बन्धित पालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा जाँच तथा सुत्केरी सेवा लिनेलाई पालिकाले पोषणबापत भत्ता उपलब्ध गराउन थालेका हुन्।

यसै क्रममा व्यास नगरपालिकाले गर्भवतीलाई पोषणबापत जनही रु पाँच हजारका दरले भत्ता वितरण गरेको छ। नगरपालिकाले चालु आर्थिक वर्षमा ६२ गर्भवतीलाई पोषण भत्ता वितरण गरेको जनाएको छ। 

गर्भवतीलाई समय–समयमा गर्भ जाँच गरी शिशु मृत्युदर न्यूनीकरणमा प्रोत्साहित गर्ने उद्देश्यले प्रोत्साहन पोषण रकम प्रदान गरिएको उपप्रमुख इन्दिरा दरैले जानकारी दिए। नगरपालिकाले स्वास्थ्य संस्थामा जाँच गरेको मातृसेवा कार्डको प्रतिलिपिका आधारमा गर्भवतीलाई भत्ता वितरण गरेको उनको भनाइ छ।

नगरपालिकाका गर्भवतीलाई पोषण प्रोत्साहन रकम प्रदान गरी गर्भावस्थामा कुपोषण हुनबाट बचाउन तथा प्रोटोकलअनुसार गर्भवती जाँच गर्न प्रोत्साहन गर्ने उद्देश्यले गर्भवती पोषण कार्यक्रमअन्तर्गत हातमै नगद रकम प्रदान गरिएको दरैले जानकारी दिए। उनले भने, “नगरपालिका क्षेत्रभित्र मातृ नवशिशु तथा नवशिशु स्वास्थ्य र पोषण प्रवद्र्धन एवं व्यवस्थापन गर्न कुपोषणमुक्त बालबालिकाको विकास गर्न यो कार्यक्रम ल्याइएको हो।”

दरैका अनुसार महिलासँग उपमेयर कार्यक्रममार्फत कार्यविधि बनाएर भत्ता वितरणको सुरुआत गरिएको हो। नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा प्रोटोकलअनुसार नियमित गर्भ जाँच गर्ने गर्भवतीलाई भत्ता वितरण गरिनेछ। नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थाबाट कम्तीमा तीन पटक (४, ६ र ८ महिना) गर्भवती महिलालाई आठ महिनामा मातृ शिशुकार्ड र निजको निवेदनका आधारमा रु पाँच हजार वितरण गरिने महिला शाखा प्रमुख राधा आचार्यले जानकारी दिए। 

लक्षित वर्ग छनोटका लागि नगरपालिकाले उपप्रमुखको संयोजकत्वमा लाभग्राही छनोट तथा कार्यान्वयन समिति बनाएको छ। यसको सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास समितिका संयोजक, कार्यपालिका महिला सदस्यमध्येबाट कार्यपालिकाले तोकेको एक महिला सदस्य, शिक्षा तथा सामाजिक विकास शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख रहने छन्। 

कार्यालयले लक्षित वर्गलाई कार्यक्रममा सहभागी भएको विस्तृत विवरण र स्वास्थ्य संस्थामा जाँच गरेको मातृ सेवा कार्डको प्रतिलिपिको आधारमा नगद भुक्तानी दिनेछ। 

नगरपालिकाले उपप्रमुखसँग महिला कार्यक्रम पनि प्रभावकारी रुपमा सञ्चालन गरेको छ। यो कार्यक्रममार्फत महिलालाई आर्थिक, स्वास्थ्य, तथा रोजगारी क्षेत्रमा सबल र सक्षम बनाउने उद्देश्य राखिएको छ।

यस कार्यक्रमअन्तर्गत शैक्षिक बेरोजगार महिलालाई उद्यमशील बनाउने अभियानअन्तर्गत १२ कक्षा पास गरेका बेरोजगार महिलालाई रु ५० हजारका दरले अनुदान वितरण गरिनेछ। 

यसैगरी जिल्लाको म्याग्दे गाउँपालिकाले सुत्केरी आमा र बच्चालाई आवश्यक पर्ने पोषण आहारा खुवाउनका लागि सुत्केरी पोषण भत्ता उपलब्ध गराएको छ। गाउँपालिकाले ३८ जना सुत्केरी आमालाई जनही रु पाँच हजारका दरले पोषण भत्ता उपलब्ध गराएको हो। 

पोषणको अभावमा सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्यमा समस्या नआओस् भनेर गाउँपालिकाले सुत्केरी आमालाई पोषण भत्ता दिने नीति ल्याएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए। गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त कार्यक्रम समावेश गरेको थियो। अध्यक्षसँग सुत्केरी कार्यक्रम अन्तर्गत उक्त पोषणभत्ता उपलब्ध गराइएको श्रेष्ठले बताए। 

थर्पु स्वास्थ्य चौकीमार्फत संस्थागत सुत्केरी सेवा लिएका २३ जना र जामुने स्वास्थ्यचौकीमा सुत्केरी गराएका १५ जना सुत्केरीलाई उक्त रकम उपलब्ध गराइएको स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले जानकारी दिए। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement