Advertisement
Advertisement
Advertisement
Advertisement

ढोरपाटन महिला भलिबल आर्मी, एपिएफ र पश्चिमाञ्चल विजयी

  |      21:09:00   |  
वेब तस्विर
वेब तस्विर

माघ १४, काठमाडौं ।  चौधौँ ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताअन्तर्गत आज भएका खेलमा विभागीय नेपाल पुलिस क्लबको अपराजित यात्रामा पुर्णविराम लागेको छ । 

 

 

साविकको विजेता एपिएफ क्लबसँग ३–० को सोझो सेटमा पराजित भएपछि पुलिसको अपराजित यात्रामा पुर्णविराम लागेको हो । एपीएफसँगको हारसँगै पुलिस दोस्रो स्थानमा झरेको छ । समान २१ अङ्क भए पनि पुलिस हेड टु हेडमा एपीएफसँग पछि परेको हो । 

 

 

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आज भएको खेलमा एपिएफले पहिलो सेट २५–२० ले सहजै आफ्नो पक्षमा पारेको थियो । तर, रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा एपीएफले पुलिसलाई पराजित गर्न निकै संघर्ष गर्नुपर्दा ३३–३१ को कठिन जित निकाल्यो । 

 

 

तेस्रो सेट भने एपीएफले सहजै २५–१० ले आफ्नो पक्षमा पार्न सफल भयो । यससँगै पहिलो राउन्डको खेल सकिन लाग्दा एपिएफ लिगमा अपराजित रहने एक्लो टोली बनेको छ । यसैगरी आजै भएको अर्को खेलमा विभागीय त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान बलियो बनाएको छ । 

 

 

आर्मीले पश्चिमाञ्चलमाथि २५–१२, २५–१५ र २५–२१ को सहज जित निकाल्यो । आर्मीसँग पराजित भएको पश्चिमाञ्चलले चितवन टाइगर्समाथि २५–२२, २५–५ र २५–१५ को जित निकाल्दै चौथो स्थानमा उक्लन सफल भयो । पश्चिमाञ्चलले ७ खेलबाट १३ अङ्क जोड्यो । प्रतियोगिता अन्तर्गत मङ्गलबार पहिलो चरणको एक खेलसँगै पाँच खेल हुने आयोजकले जनाएको छ । पहिलो राउण्डको अन्तिम खेलमा एपिएफ र पश्चिमाञ्चलबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि आर्मी र सेव, पुलिस र चितवन टाइगर्स पश्चिमाञ्चल र श्रीगाँउ तथा एपीएफ र चितवन टाइगर्सबीच खेल हुनेछ । 


 

 

प्रतियोगितामा नौ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले रु तीन लाख ५० हजार पाउनेछ दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्ने छ । त्यस्तै तेस्रो हुनेले रु एक लाख, चौथो हुने टोलीले ६० हजार, पाँचौ हुनेले ४० हजार, छैठौं हुनेले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, वर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानी दर्शकले एक-एक स्कुटर पाउने छन् । उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान रु छ-छ हजार प्रप्त गर्ने आयोजकले जानकारी दिए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement