माघ १४, काठमाडौं । एकीकृत समाज नेपाल र नागार्जुन नगरपालिकाको सहकार्यमा सञ्चालित ढाका बुनाइ तालीम आज सम्पन्न भएको छ । डेढ महीनासम्म चलेको उक्त तालीममा २० महिलाको सहभागिता रहेको थियो । तालीममा सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले आफूले सिकेको सीपलाई उद्योगमा बदल्न आग्रह गर्नुभयो । उहाँले नगर क्षेत्रभित्र हुने विभिन्न कार्यक्रममा ढाकाको खादा प्रयोगलाई अनिवार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तालीममा सहभागी शर्मिला नेपालले आफूले सिकेको सीपलाई व्यवहारमा उतार्दै ढाका बुनाइलाई उद्योगका रुपमा लैजाने बताउनुभयो । ढाका बुनाइ तालीमको प्रशिक्षकमा नानु पुरी हुनुहुन्थ्यो ।