भदौ २३, डोल्पा। डोल्पा सदरमुकाम दुनैस्थित जिल्ला अस्पतालमा सुविधा सम्पन्न प्लासिन्टा पिट ९सालनाल बिसर्जन गृह० निर्माण गरिएको छ । नेपाल रेडक्रस जिल्ला शाखा र जिल्ला अस्पताल बिकास समितिको संयुक्त प्रयासमा ९सालनाल बिसर्जन गृह० निर्माण गरिएको हो ।
रेडक्रस सोसाईटी जिल्ला शाखाको २ लाख ८० हजार र अस्पताल बिकास समितिको १ लाख सहित ३ लाख ८० हजारमा उक्त प्लासिन्टा पिट निर्माण गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा डोल्पाका संयोजक टेकम वलीले जानकारी दिए । यसअघि जिल्ला अस्पतालमा प्रसुती महिलाहरुको सालनाल माटे खाडलमा बिसर्जन गरिदै आएको थियो ।
अस्पतालमा सालनाल विसर्जन गृह संञ्चालनमा आएपछि सहज हुनुका साथै अस्पताल परिसरको वाताबरण समेत स्वच्छ भएको जिल्ला अस्पताल प्रमुख श्रीकान्त अग्रवालले बताए ।